Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
एमालेका महासचिव ईश्वर पोखरेललाई पार्टीको भावी अध्यक्षको दाबेदारका रुपमा हेरिँदै आएको छ । केपी ओलीसँग प्रतिस्पर्धा नगरी सहमतिकै आधारमा नेतृत्व हस्तान्तर हुने पोखरेलको अपेक्षा देखिन्छ । तथापि आगामी महाधिवेशनमा केपी ओली आफैं अध्यक्ष बन्ने सम्भावना सकिएको छैन नेकपा एमालेमा कार्यकारी भूमिकाका लागि ७० वर्षे उमेर हदका कारण महासचिव ईश्वर पोखरेललाई धक्का लाग्ने देखिएको छ । आगामी महाधिवेशनमा ओली नै दोहोरिए भने पोखरेल कहिल्यै एमालेको अध्यक्ष बन्न पाउने छैनन् ।
किनभने, ६८ वर्षीय महासचिव पोखरेल ११ औं महाधिवेशनमा पुग्दा ७० वर्षे उमेर हदका कारण पार्टीको कार्यकारी भूमिकाका लागि अयोग्य भइसक्नेछन् ।
एमालेमा ७० वर्षे उमेर हद कायम राख्ने प्रस्तावित विधान पारित भएमा महासचिव पोखरेलका लागि पार्टीको नेतृत्वमा पुग्न १० औं महाधिवेशन नै अन्तिम अवसर हुनेछ । त्यसैले ७० वर्षे विधानको प्रावधान लागू भएमा पोखरेलले कार्यकारी भूमिका पाउन १० औं महाधिवेशनलाई नै अन्तिम अवसरका रुपमा प्रयोग गर्नुपर्ने हुन्छ ।
तर, अध्यक्ष केपी शर्मा ओलीले १० औं महाधिवेशनमा पनि अध्यक्ष पदमा दाबी गरेको अवस्थामा भने पोखरेलले पार्टीको नेतृत्वमा पुग्ने सपना त्याग्नुपर्ने देखिन्छ । अध्यक्ष ओली आगामी फागुनमा मात्र ७१ वर्ष लाग्ने भएकाले १० औं महाधिवेशनमा ७० वर्षे उमेर हद लागू भएको अवस्थामा समेत उनलाई प्रमुख कार्यकारी पदमा पुग्ने बाटो छेकिँदैन
२०८३ कार्तिक १०
ताजा नेपाल
२०८३ कार्तिक १०
ताजा नेपाल
२०८३ कार्तिक १०
ताजा नेपाल