Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमालेको अन्तिम केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि आज ९आइतबार० बिहान अन्तिम केन्द्रीय कमिटीको बैठक बस्ने भएको छ। एमाले केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार बन्दसत्र स्थल भृकुटीमण्डपमै अहिले बिहान ९ बजे केन्द्रीय कमिटीको बैठक बस्ने भएको हो। त्यसपछि बन्दसत्र दिउँसो १२ः१५ सुरु गर्ने तयारी छ, रिजालले भने। यसअघि बिहान आठै बजे बन्दसत्र सुरु गर्ने तयारी रहेको एमालेले बताएको थियो। तर बन्दसत्र सुरु गर्नुअघि केन्द्रीय कमिटी बैठक बस्नेबारे जानकारी आएको रिजालले बताए। एजेन्डाबारे भने जानकारी भइनसकेको उनको भनाइ छ। महाधिवेशन उद्घाटनअघि शुक्रबार साँझ बसेको एमाले सचिवालय बैठकबाट अध्यक्ष केपी शर्मा ओली विधान संशोधन गर्न चाहन्थे तर वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षले अवरोध गरेपछि रोकिएको थियो। आफ्नै समूहमा धेरै नेताले पदाधिकारी बन्ने आकांक्षा राखेपछि ओलीले नेता व्यवस्थापनका लागि विधान संशोधन गरेर पदाधिकारी संख्या तथा केन्द्रीय समिति ठूलो बनाउने प्रस्ताव सचिवालय बैठकमा राखेका थिए। तर ईश्वर पक्षको प्रतिवादपछि उनी पछि हट्न बाध्य भएका थिए। आज त्यही विषयमा पुन छलफलका लागि वर्तमान केन्द्रीय कमिटीको अन्तिम बैठक बस्न लागेको अनुमान गरिएको छ। साथै एमालेले सार्वजनिक गरेको १०८ जना मनोनीत महाधिवेशन प्रतिनिधिको सूचीप्रति पनि पोखरेल पक्षले असहमति जनाएको छ। एमालेले एघारौँ महाधिवेशनको उद्घाटन शनिबार भक्तपुरको सल्लाघारीमा गरेको थियो।


सम्बन्धित समाचार

पुराना दलका शीर्ष भनिएकाहरुको बढारिए

२०८२ फाल्गुन २५

ताजा नेपाल

समानुपातिकमा कुन दलको कस्तो छ अवस्था ?

२०८२ फाल्गुन २५

ताजा नेपाल