Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमालेको काँधमा राष्ट्रपति

काठमाण्डौ । सत्तामा हुँदा जनताको पक्षमा काम गर्ने होइन चुनावमा जनताले ठूलो पार्टी बनाईदिनु पर्ने ठेक्का लिए जस्तो चरित्र देखाएका सरकार पक्ष र प्रतिपक्षलाई तह लगाउने दिन आउने भएको छ । प्रतिपक्षलाई राष्ट्रपतिले सघाउँदा प्रम देउवा आत्तिएका छन् । तर पनि सरकारले जनताको चाहना र भरोसलाई ध्यान दिएको छैन । कम्युनिष्ट सरकारले समेत हिजो आफंैले चुनाव घोषणा पत्रमा जारी गरेको प्रतिबद्दता तर्फ ध्यान दिएन । त्यो सरकारका प्रधानमन्त्री आफ्नो एकल निर्णय गुटको स्वार्थ भन्दा टाढा गएनन् । एमालेमा चम्केको ओली हैकमको प्रतिफल चखाउन पनि सत्ता गठबन्धन गम्भीर हुन जरुरी थियो । तर काँग्रेस भित्र प्रम घेरिए । एमालेले स्थानीय तहको निर्वाचन ३ चरणमा हुँदा वैशाख, असार र असोजमा भएको पत्तो पाएन । ५ वर्षको अवधि कुन समयलाई मान्ने सरकारको तहमा समेत प्रमुख प्रतिपक्षले आफ्नो दृष्टिकोण राखेकै छ । एमालेमा हरेक कुरामा केपी ओलीको एकल घोषणालाई विधान भन्ने गलत स्वभाव प्रदर्शन गर्न थालियो । त्यसकै पछुवा कानुनविद र पूर्व प्रमुख आयुक्तहरू भए । हिजो कानून बनाउँदा भोलिको अवस्था सोचिएन । जेठको १५ भित्र स्थानीय सरकारको चुनाव हुनुपर्छ भन्ने अभिमत ठूलो छ । त्यसको इच्छासँग चुनावी मुद्दा नभएको नेकपा एमाले ओली पथ जोडिएको छ । एमालेले संघिय सरकार चलाउँदा देश र जनताका कुन त्यस्ता काम ग¥यो ? राष्ट्रिय सम्पत्ति माफीया र तस्करसम्मलाई वितरण गर्ने बाहेक ? कोरोना महामारीका बेलामा पनि कमिशनकै माहोल चम्केकै हो । कम्युनिष्ट पार्टी भनेको जनताको सेवक हो । तर नेपालका कम्युनष्टिहरू नत देशभक्त भए नत जनताका सेवक । राष्ट्रपति बनाइएकी विद्या भण्डारी समेत ओलीको सेवक हुन् । उनलाई देश र जनता भन्दा ओली नै प्यारो भए । गुटको स्वार्थमा पार्टी सिद्दान्त नीति विधि प्रक्रिया लत्याउन एमालेको ओली समूह सफल भयो । विद्या भण्डारी त्यसैमा रमाइन् । देशको कानून विपरीत चल्ने र अदालतमाथि हस्तक्षेप गर्न ओली जति सफल भए ती त चुनावी मुद्दा बन्न सक्छन् ।