Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमालेको चुनावी घोषणापत्रमा  राष्ट्रियताको मुद्दा प्राथमिकतामा

काठमाडौँ । नेकपा एमालेले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदातासँग मत माग्ने चुनावी घोषणापत्र बनाउँदा राष्ट्रियताको मुद्दालाई पहिलो प्राथमिकतामा राख्ने भएको छ । एमालेले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा चुनावी घोषणापत्र लेख्ने काम भइरहेको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

अध्यक्षकै नेतृत्वमा घोषणापत्र लेख्ने काम भइरहेको छ । सायद फागुन पहिलो वा दोस्रो साताभित्र सार्वजनिक होला, अधिकारीले  भने, यस पटक हाम्रो चुनावी घोषणापत्र सटिक र स्पष्ट हुन्छ । त्यसमा देशको राष्ट्रियता नै पहिलो प्राथमिकता हुनेछ ।

नेकपा एमालेको गत पुस २२ गते बसेको सचिवालय बैठकले अध्यक्ष ओलीको नेतृत्वमा ६ सदस्यीय चुनावी घोषणापत्र मस्यौदा कमिटी गठन गरेको थियो । घोषणापत्र मस्यौदा कमिटीमा उपाध्यक्षहरू रामबहादुर थापा बादल, विष्णु पौडेल, महासचिव शंकर पोखरेल तथा नेताहरू ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल पनि सदस्य रहेका छन् ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमालेले समृद्ध नेपाल सुखी नेपालीको नारा अघि सार्दै सुशासन, विकास, समृद्धि र समानतामा जोड दिएको थियो । पाँच वर्ष एमालेले गर्छ भन्ने नारालाई शीर्षस्थानमा राखेको थियो ।

अघिल्लो चुनावको घोषणापत्रमा बलियो राष्ट्रियता र सुदृढ लोकतन्त्र मूल मन्त्र र राष्ट्रिय सङ्कल्प र समृद्ध नेपाल, सुखी नेपाली सहितका महत्त्वाकाङ्क्षा राखेको एमालेले पाँचै वर्ष सरकार नचलाए पनि एक पटक प्रचण्डको नेतृत्वमा सरकारमा सहभागी भयो भने अर्को पटक कांग्रेससँग मिलेर आफ्नै नेतृत्वमा सरकार बनाएको थियो । तर कांग्रेस गठबन्धनमा अध्यक्ष ओलीको नेतृत्वमा बनेको सरकार भदौ २३ र २४ को जेनजी आन्दोलनले ढलेको थियो ।

नेकपा एमाले राष्ट्र, राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताप्रति सचेत छ, प्रतिवद्ध छ र संवेदनशील छ । यसले न्याय, समानता, सद्भाव,समृद्धि र गौरवका माध्यमबाट राष्ट्रिय एकतालाई सुदृढ र मजबुत बनाउनेछ, नेकपा एमालेले एमालेले मैत्रीभाव, सक्रियता, र एकतालाई नेपालको राष्ट्रिय नीति र समाजको मुल चरित्रका रुपमा विकास गर्ने जनाएको थियो । घोषणापत्रको मूलमन्त्रमा बलियो राष्ट्रियता र सुदृढ लोकतन्त्रको विषय समेटेको एमालेले चुनावमा गरेका प्रतिबद्धता पूरा गर्न पूरा कार्यकाल सरकार चलाउन नपाएको भन्दै यसपटक पनि पहिलाका प्रमुख मुद्दालाई नै घोषणापत्रमा समेट्ने तयारी गरेको हो ।

त्यस्तै २०७९ को चुनावी घोषणापत्रमा आफ्नो नेतृत्वको सरकार बने २० कामको ग्यारेन्टी गर्ने लक्ष्य राखेको एमालेले त्यसमा नेपालीलाई मात्र नागरिकता, हंगर नो लंगर, उत्पादन स्वदेशी, बजार विदेशी, सुरक्षित छाना पुग्छ सबैको चाहना, कमाइस् युवाको रोजाइ, पढाइ भविष्यको रोजाइ, प्रेसर सुगर भइन्न बिरामी औषधि बेगर लगायतका विषय समेटेको थियो ।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल