Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमालेको पार्टी कार्यलय सर्ने

काठमाडौं । नेकपा एमालेको पार्टी कार्यालय वैशाख १ देखि थापाथलीमा सर्ने भएको छ । थापाथली हाइटमा सेन्ट जेभियर्स कलेजनजिकैको भवनमा एमालेको पार्टी कार्यालय सर्न लागेको हो । उक्त भवनको बुधबार एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले निरीक्षण गरेका छन् । एमालेको बल्खुस्थित पार्टी कार्यालय २०७२ सालको भूकम्पले भत्किएपछि धुम्बाराहीस्थित पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको भवनमा कार्यालय सारिएको थियो ।

तर उक्त भवनमा डेढ वर्षको सम्झौता बाँकी छँदै थापाथलीमा कार्यालय सार्न लागिएको हो । विवाद स्पद व्यापारी घरना थाम सर्कू र यति एयरका लगानी कर्ताहरुले एमालेसँग गैर कानूनी ढंगले राज्यको स्रोत प्रयोग गर्दै आएका छन् । नेपाल ट्रष्टको सम्पत्ति त्यो समूहलाई सुम्पेर कमाउने पौरखीहरु एमालेमा बलिया बनेका छन् । तीनकै कारण पनि पार्टी विभाजनको अवस्थामा पुगेको हो । बदनाम भएपछि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपि ओलीलाई थाम सेर्कू समूहसँग सम्बन्ध जोड्न लाज भयो पार्टी कार्यलय सर्ने भयो ।