Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमालेमा ओली राज चल्ने

काठमाडौं । आफू सत्ताबाट हट्न परेको खण्डमा संसद विघटन गर्ने मात्र होइन अध्यादेश ल्याएर अख्तियार, अदालत जस्ता संवैधानिक निकाय समेत पंगु बनाउने प्रधानमन्त्री केपी ओली आक्रामक बन्ने भएका छन् । पार्टीमा एकछत्र रजाई नहुनु एघारौं महाधिवेशनमा पूर्व राष्ट्रपति विद्या भण्डारीले अध्यक्ष पदमा दाबीगर्ने तयारी थाल्नु मात्र होइन आफैंले आधा दर्जन अपराधसँग जोडिएका ईश्वर पोखरेललाई जोगाउँदाको फल अहिले लागेको हो । पोखरेल आफैं स्वच्छ छविका नेता थिएनन् । आफूले अधिकार पाउन र सेवा सुविधा लिन पार्टी विधि, प्रक्रिया र पधतिका कुरा गर्ने स्वार्थ पूरा भएपछि पार्टी एकता र पद्दतिका कुरा गर्ने स्वार्थ पूरा भएपछि पार्टी एकता प्रक्रियामाथि प्रहार गर्ने बानी उनको छ । अहिले पोखरेल भने एकता प्रक्रियाका खम्बा विद्यालाई देख्दैछन् । यिनै विद्याले २ पटक संसद भंग गर्दा केपी ओलीलाई सघाएको हिजोको अवस्था आज छैन । त्यही कारण विद्याको पार्टी सदस्यता स्थगन गर्ने योजना बनेको हो । काँग्रेसका राष्ट्रपतिले काँग्रेस संस्थापनलाई सघाए भने प्रम ओलीले लगेका प्रस्ताव स्वीकार्न सक्छन् । किनकि रामचन्द्र पौडेल र विद्या भण्डारीको प्रवृत्ति एउटै हो । प्रधानमन्त्री ओलीले आफ्नो स्वार्थ बाझिँदा काँग्रेसकै डा. आरजु राणा र पुत्र जयवीर देउवामाथि प्रहार गर्न सक्छन् । प्रमले रास्वपाका प्रत्येक सांसदको आन्तरिक स्थिति खोजेर कानुनी कारबाही गर्ने ठाउँको खोजी गर्न लगाएका छन् भने प्रधानमन्त्रीकै विरुद्ध लागेका सांसद तथा पार्टी नेताहरूको निगरानी गर्न थालेका छन् । ओलीलाई पार्र्टीको दादागिरी नचल्ने भएपछि अब विद्यालाई महाधिवेशनसम्म जसरी हुन्छ अपमान गर्ने, नविकरण स्थगत गर्ने जस्ता विभिन्न तरिकाले दूतहरू सञ्चालन गर्दै आफ्नो बाटो क्लियर बनाउनु नै रहेको छ ।
सरकार बनाउँदाको सात सूत्रिय एजेन्डा लत्याएर दुई तिहाई भत्काउँदा पनि ओली चिन्तित छैनन्् । देउवालाई किस्तीमा राखेर प्रम पद सुम्पने भनेपछि उमेरले डाँडो काटेर जहाँ बस्यो त्यही निदाए पनि छैठौ पटक प्रम नलिइकन भएको छैन । श्रीमती डा. आरजुद्वारा पीडित भएका कर्मचारी र प्रहरीको न्याय निसाप छैन । हिजो नक्कली भिजिट भिसा प्रकरणको दैनिक रु ५० लाख झ्वाम पारेको विषय होस् प्रधानमन्त्री आफैं सहभागी भएको कारण ओझेलमा छन् । आफ्नो टिममा आफैंले खल्तीबाट पद बाँडेकाहरूले आज ३ वर्षभित्रै आफ्नै इच्छामाथि प्रहार गरेकोमा ओलीले सहन सक्ने अवस्था भएन । अब नेकपा एमालेमा ओली राज नचल्ने भएको छ । आफ्ना लागि उनले विधान नै फेर्ने भएका छन् । महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, प्रदीप ज्ञवाली, सचिव पद्मा अर्याल भनेका गणेश प्रवृत्तिका कम्युनिष्ट हुन् । संसदीय अभ्यासमा जसले चुनाव जित्छ त्यसको जनाधार छ भनिन्छ । अहिले ओलीको दूत तीनै छन् । यही बेला हिजो माओवादीको मतबाट चुनाव जिते पनि माओवादीकै विरुद्ध केपी ओलीसँग जोडिएर प्रचण्ड सरकार ढालेका तीनै डा. शेखर कोइरालालाई केपी ओली मन परेको छैन । उनको पक्षका बद्री पाण्डे र रामचन्द्र अधिकारी मन्त्री छन् । उता ८९ मत पाएका शेरबहादुर देउवा संसदीय दलको नेता छन् । संसदीय दलमा नेता नफेरेसम्म प्रधानमन्त्री बन्ने अवस्था हुँदैन । डा. शेखरले केबल संस्थापनलाई दच्काउन पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, माओवादी अध्यक्ष पुष्पकमल दाहाल मात्र होइन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटघाट गरेको कुरा तरंगित छ । जबकि माओवादी ३२, नेकपा एस १०, रास्वपा २०, जसपा ५, नागरिक उन्मुक्ति ४ गरी ७१ जना हुन्छन् । यहाँ काँग्रेसबाट जति नै विद्रोही भएपनि उनै डा. शेखरका पनि संख्या घटेर ३५ बाट २०÷२२ मा झर्छ ।
यो आँकडाले सरकार बन्दैन । सरकार त काँग्रेसले साथ दिँदा नेकपा एमालेको ओली हैकम सताइएकाहरूको एकता बिना ढल्दैन । यस्तो अवस्थामा डा. शेखरको दौडधूपले केही लछार्दैन । केबल राजनीतिक तरंग चम्काउने र पार्टीमा सुस्ताएको देउवा गुटलाई झस्काउने काम डा. शेखरको दौडधूप हो । यहाँ प्रचण्ड चम्कनु पनि पर्दैन, माधव झस्कनु पनि पर्दैन । जनताको भावनामाथि खेल्ने सबै हुन् ।
संसदको गतिविधि जनताको पक्षमा छैन । जनताको समस्यामा सरकार छैन । संसदहहरू जनताका घाती बन्दैछन् । घडी चोरदेखि सहकारी ठगसम्मले संसदमा लगाएको फुर्ति देख्दा लाग्छ लोकतन्त्र कस्का लागि आएको हो र किन यो स्थिति आयो भन्ने बारे नेतृत्वले चासो दिएको छैन । नेकपा एमालेमा केपी ओली विकृतिका जड बनेका छन् भने काँग्रेसको देउवा मण्डलीबाट मुलुक भ्रष्टाचार र कमिशनमै हिडाउने हो । नयाँ हामी पढेका भन्ने रवि लामिछानेको हविगत देखियो । माओवादीको क्रान्तिकारी रूप रक्तचन्दनदेखि सुन तस्करीसम्म नांगिँदा प्रचण्ड आफ्नामा केन्द्रीत भएको ढाकछोप गर्ने ठाउँ छैन ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल