Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले पार्टी पुनर्गठनसम्बन्धी तेस्रो प्रतिवेदन तयार पारी बुझाएका छन्। यसअघि महासचिव शंकर पोखरेल र वरिष्ठ उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले छुट्टाछुट्टै प्रतिवेदन पेस गरेका थिए।
महासचिव पोखरेलले प्रस्तुत गरेको ६५ पृष्ठको प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउने प्रस्ताव गरिएको थियो। त्यसको प्रतिवाद गर्दै वरिष्ठ उपाध्यक्ष बादलले ३९ पृष्ठको अर्को प्रतिवेदन पेस गरेका थिए।
दुवै प्रतिवेदनलाई समायोजन गरी एउटै प्रतिवेदन तयार पार्न एमालेले कार्यदल गठन गरेको थियो। तर, कार्यदलमा सहमति जुट्न नसकेपछि अध्यक्ष ओलीको निर्देशनअनुसार नेता ज्ञवालीले दुवै प्रतिवेदनलाई समेटेर २९ पृष्ठको तेस्रो प्रतिवेदन तयार पारेका हुन्।
एमालेको संगठन पुनर्गठनसम्बन्धी कार्यदलको बैठक आइतबार बिहान ८ बजे बस्ने भएको छ। बैठकमा ज्ञवालीले तयार पारेको तेस्रो प्रतिवेदनमाथि छलफल हुने एमाले स्रोतले जनाएको छ।
स्रोतका अनुसार कार्यदल बैठकबाट प्रतिवेदनलाई अन्तिम रूप दिइनेछ र त्यसपछि केन्द्रीय कमिटी बैठकमा पेस गरिनेछ। एमालेले असोज ५, ६ र ७ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ। उक्त बैठकमा पार्टी पुनर्गठनसम्बन्धी प्रतिवेदनमाथि छलफल हुने कार्यतालिका छ।
२०८३ आश्विन ४
ताजा नेपाल
२०८३ आश्विन ४
ताजा नेपाल
२०८३ आश्विन ३
ताजा नेपाल