Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेकपा एमालेले पार्टी हेर्डक्वार्टरको निर्णयमाथि प्रश्न उठाउनेमाथि दण्ड चलाउन थालेको छ । पार्टीको निर्णयलाई तालि बजाएर स्वागत गर्ने मात्रै पार्टीमा रहन सक्ने अवस्था बनाइएको छ । स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई ६ महिना निलम्बन गरेको छ। बुधबार बसेको सचिवालय बैठकले पार्टीले सोधेको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै ६ महिना जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो। व्यवसायी तथा समाजसेवी मीनबहादुर गुरुङले पार्टीका लागि जग्गा दान गरेको विषयमा टिप्पणी गरेपछि एमालेले उनीहरूलाई स्पष्टीकरण सोधेको थियो।
रावललाई पार्टीबाट हटायो
सत्तारुढ दल नेकपा एमालेले पूर्व उपाध्यक्ष भीम रावललाई पार्टीबाट हटाउने निर्णय गरेको छ। बुधबार बसेको सचिवालय बैठकले नेता रावललाई संगठित सदस्य समेतबाट हटाउने निर्णय गरेको हो। उनलाई एमालेले केन्द्रीय सल्लाहकार परिषद् सदस्यको जिम्मेवारी तोकिएको थियो। तर, रावलले त्यो जिम्मेवारी स्वीकार गरेका थिएनन्। त्यसैले साधारण सदस्यता नै खोस्ने निर्णय गरेको हो। रावल एमालेका पूर्वउपाध्यक्ष पनि हुन्। उनले पछिल्लो चितवन महाधिवेशनमा केपी शर्मा ओलीलाई चुनौती दिँदै अध्यक्षमा उम्मेदवारी दिएका थिए। उनको उम्मेदवारीले सर्वसम्मत बन्ने ओलीको चाहनामा धक्का पुगेको थियो। यसैगरी बैठकले केन्द्रीय कमिटीको बैठक पुसमा हुने भएको छ। बुधबार बसेको सचिवालय बैठकले केन्द्रीय कमिटीको बैठक पुस २१ र २२ गते हुने निर्णय गरेको हो। अब बस्ने केन्द्रीय कमिटी बैठकमा स्थानीय तह उपनिर्वाचन र सरकारको कामको समीक्षा हुने बताइएको छ। सोही बैठकमा पार्टीको सांगठनिक कामको पनि समीक्षा हुनेछ। मंसिर १६ गते ४४ स्थानमा भएको स्थानीय तह उपनिर्वाचनमा पार्टीले सन्तोषजनक परिणाम हासिल गर्न नसकेपछि केन्द्रीय समिति बैठकमा त्यसको समीक्षा हुने भएको हो। एमालेले निर्वाचन भएका जिल्ला र प्रदेश कमिटीबाट समेत समीक्षा प्रतिवेदन मागेको छ।
उषाकिरण भन्छिन्, पञ्चहरूकै नक्कल गरेछन्
मीनबहादुर गुरुङले दानमा दिएको जग्गामा पार्टी कार्यालय भवन बनाउन नहुने सार्वजनिक मत राखेकी केन्द्रीय सदस्य उषाकिरण तिमल्सिना एमालेको कारबाहीमा परेकी छन् ।एमालेको दशौँ महाधिवेशनबाट नेतृत्वमा आएकामध्ये युवा नेतामा पर्ने उनी अध्यक्ष केपी शर्मा ओलीकी भने कट्टर आलोचक हुन्।
एमालेले च्यासलमा सचिवालय बैठक बसेर कारबाहीको निर्णय गर्दै गर्दा उनी गृहजिल्लामा ब्यस्त थिइन् । बुधबार उनी पार्टीले जिम्मेवारी दिएको नुवाकोट निर्वाचन क्षेत्र नं. १ अन्तर्गत शिवपुरी गाँउपालिका कमिटीको शपथ ग्रहण कार्यक्रममा ब्यस्त थिइन् । उनले उक्त कार्यक्रममा सकेर घर आइपुगेपछि आफूलाई कारबाही गरेको थाहा पाइन् । उनले एमालेको तल्लो तहका आमकार्यकर्ता, उनीहरूको लगाव, मिहिनेत र चासोको आफूलाई अगाध माया लाग्ने बताएकी छन् । कारबाहीबारेमा उनले छोटो प्रतिक्रिया दिँदै यसलाई पञ्चायती शैलीको भनेकी छन् । एमालेले बुधबार उनीसँगै स्थायी कमिटी सदस्य बिन्दा पाण्डेलाई पनि ६ महिनाका लागि निलम्बन गरेको छ । उता पूर्वउपाध्यक्ष डा। भीम रावललाई भने पार्टीबाटै निष्कासन गरिएको छ।
२०८१ पुष ९
ताजा नेपाल
२०८१ मंसिर २३
ताजा नेपाल
२०८१ मंसिर २३
ताजा नेपाल