Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमालेमा रहेको ७० वर्षे उमेर हदविरुद्ध उजुरी

काठमाडौं। नेकपा एमालेमा रहेको ७० वर्षे उमेर हद खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन गरेको छ । एमालेको विधानमा राखिएको उमेर हद संविधानको भावनाविपरीत रहेको भन्दै काठमाडौंका निमकान्त पाण्डेले निर्वाचन आयोगमा उक्त प्रावधान खारेजीका लागि निवेदन दिएका हुन् । एमालेको विधानको धारा ६४ मा सबै तहको कार्यकारी कमिटीको पदाधिकारी वा सदस्यमा निर्वाचित वा मनोनित हुन ७० वर्ष उमेर पुरा नभएको हुनुपर्ने व्यवस्था रहेको छ । साथै ७० वर्ष पुरा नहुँदै निर्वाचित वा मनोनित भएको व्यक्तिले अर्को महाधिवेशन वा अधिवेशन नभएसम्म आफू निर्वाचित वा मनोनित पदमा रही जिम्मेवारी बहन गर्न बाधा नपुग्ने उल्लेख गरिएको छ ।