Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमालेमा ७० वर्षे उमेरहद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव

काठमाडौँ । आफू अनुकुलको निर्णय गराएर सधैं नेतृत्वमा बस्ने योजनामा रहेका नेपका एमालेका अध्यक्ष केपी शर्मा ओली आफूलाई बाधा पर्ने सबै चिजको व्यवस्थापन विधानबाटै गर्ने तयारीमा छन् । नेकपा एमालेले यसअघि विधानमा व्यवस्था गरेको ७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने भएको छ । बिहीबार बसेको सचिवालय बैठकमा विधान संशोधन प्रस्तावमाथि भएको छलफलमा यो व्यवस्था हटाउने गरी छलफल भएको हो । त्यसैगरी केन्द्रीय पदाधिकारी १५ जना हुने गरी विधान संशोधन गर्न पनि नेताहरू सहमत भएका छन् । उपाध्यक्ष विष्णु पौडेलले पेस गरेको विधान संशोधन प्रस्तावमा ११ सदस्यीय पदाधिकारी प्रस्ताव गरे पनि छलफलका क्रममा १५ सदस्यीय बनाउन सहमति जुटेको सचिव योगेश भट्टराईले जानकारी दिए । विधान संशोधन प्रस्तावमाथि पोलिटब्युरो र केन्द्रीय कमिटीमा छलफल हुनेछ । त्यसपछि भदौमा बस्ने विधान महाधिवेशनले उक्त प्रस्ताव पारित भएपछि ११ औ महाधिवेशनबाट कार्यान्वयनमा आउनेछ ।
करिब १० घण्टा बसेको सचिवालय बैठकमा विधान संशोधन प्रस्तावमाथि सबै सदस्यले धारणा राखेपछि अध्यक्ष ओलीले प्रस्तावित विधानमा आफ्नो राय राखेका थिए । यसैबिच शुक्रबार ११ बजे बस्ने भनिएको पोलिटब्युरो बैठक दिउँसो १ बजे बस्ने तय भएको छ । बैठकमा भएको छलफल अनुसार यसअघि रहेको वरिष्ठ उपाध्यक्ष पद पनि हटाउने प्रस्तावमा सहमति भएको बताइएको छ । त्यस्तै पूर्व राष्ट्रपति विद्या भण्डारीबारे शीर्ष तहमा छलफल गरेर उचित निर्णय र व्यवस्था गर्ने नेताहरूबिच छलफल भएको छ ।


सम्बन्धित समाचार

बालेनको नेतृत्वमा कसरी बन्छ सरकार ?

२०८२ फाल्गुन २७

ताजा नेपाल

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल