काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आज बस्ने भएको छ । ललितपुरको च्यासलस्थित एमाले पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे सचिवालयको बैठक बस्ने भएको हो । बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीको गतिविधि र सरकारको काम कारबाहीका विषयमा छलफल हुने बताइएको छ ।