Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमाले अध्यक्षमा ओली र महासचिवमा पोखरेल विजयी

काठमाडौँ । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । उनले १ हजार ६सय ६२ मत पाएका हुन् । उनी पार्टी अध्यक्षमा तेस्रो पटक भारी मतका साथ निर्वाचित भएका हुन् । मतगणनाको अन्तिम परिणाम केही समयपछि सार्वजनिक गर्ने निर्वाचन आयोगका एक सदस्यले रातोपाटीलाई बताए । निर्वाचनमा २२२७ मत खसेको थियो। उता, नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । बिहीबार सम्पन्न निर्वाच्नको अन्तिम मतपरिणामअनुसार महासचिवका उम्मेदवार सुरेन्द्र पाण्डेलाई पराजित गर्दै उनी उनी विजयी भएको निर्वाचन आयोगका एक सदस्यले जानकारी दिए । पोखरेलले १ हजार २२८ मत प्राप्त गरेका छन् ।


सम्बन्धित समाचार