Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमाले अध्यक्ष ओलीले एशिया प्रशान्त क्षेत्रको सबै भन्दा ठुलो पदक पाएका छन

पुर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्व स्काउट एशिया प्रशान्त क्षेत्रको सबै भन्दा ठुलो पदक ‘मेधावी योगदान’ प्राप्त गरेका छन् । सोमबार समापन भएको विश्व स्काउट एशिया प्रशान्त क्षेत्रीय सम्मेलनमा ओलीले नेपाल स्काउटको अभियान विकास, विस्तार र प्रर्बद्धनमार्फत बालबालिका तथा युवाको सर्बपक्षीय विकासमा पुर्याएको योगदानको कदर गर्दै उक्त पदक प्रदान गरिएको नेपाल स्काउटले जनाएको छ ।

ओली ‘मेधावी योगदान’ पदक प्राप्त गर्ने पहिलो नेपाली हुन् । साथै यस बर्ष यो पदक उनलाई मात्र प्रदान गरिएको छ । ओली दुवैपटक प्रधनमन्त्री हुँदा उनले नेपाल स्काउट र यसका गतिबिधिलाई बिशेष चासोको रुपमा लिई, स्काउट अभियानलाई देशै भरी विस्तार गर्न नितिगत तथा आर्थिक हिसाबले सहयोग गरेकाले उनलाई उक्त पदक प्रदान गरिएको नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक बहादुर भण्डारीले जानकारी दिए ।

नेपाल स्काउट ऐन २०५० ले प्रधानमन्त्रीलाई नेपाल स्काउटको संरक्षक हुने कानुनी व्यवस्था गरेको छ । पुर्व प्रधानमन्त्री ओलीले नेपाल स्काउटको संरक्षको रुपमा गरेको योगदान नेपालमा मात्र नभई विश्व स्काउटमै प्रशंसायोग्य रहेको स्काउट सदस्य बताउँछन् ।

प्रधानमन्त्रीकै रुपमा ओलीले बिभिन्न स्काउट कार्यक्रममा सहभागिता जनाउनुका साथै ‘बालबालिका संग प्रधानमन्त्री’ भन्ने कार्यक्रम नै शुरुवात गरेका थिए । ओलीकै पहलकदमीमा पछिल्लो समय नेपाल स्काउटको संरचना ७ सय ५३ वटै स्थानीय तहमा बिस्तार भएको र देशका सबै बिद्यालयमा स्काउट इकाइ संचालन गर्ने कार्य धमाधम भइरहेको नेपाल स्काउटले जनाएको छ । यि उपलब्धीमा ओलीको मुख्य योगदान रहेकाले विश्व स्काउट एशिया प्रशान्त क्षेत्रले ‘मेधावी योगदान’ पदकबाट बिभुषीत गरेको स्काउटका राष्ट्रिय संयोजक भण्डारीले बताए


सम्बन्धित समाचार