Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमाले काँग्रेसमा शेखर समूह उचाल्दै

काठमाण्डौ । सरकारले जाली फटाहा र भष्मशुर शैतानहरुमाथी प्रहार गर्दा कम्युनिष्टको नाममा कलंक बनेका भष्मशुरहरुलाई काँग्रेसको आडमा नक्कली प्रमाण पत्र लिएर विराटनगर नोवल मेडिकल कलेज कव्जा गर्ने डा. शुनिल शर्मालाई साथ दिदै प्रचण्ड सरकार ढाल्ने एक सुत्रिय योजनामा नेकपा एमाले छ । डा. शेखर समूहका खम्वा ठानिएका शर्मा ०७३ मै पक्राउ पर्नुपथ्यो । तर त्यो बेला उनको संरक्षण काँग्रेसले गर्यो । त्यही वेला उनको शैक्षिक प्रमाणपत्र नक्कली भनियो । ०७४ मा चुनाव भयो एमालेका केपी ओलीलाई प्रम पद प्राप्त भयो उनलाई शैक्षिक सुधार गर्नु थिएन् ।
अहिले पनि टाउको दुखेको औषधी नाइटोमा भने झैं मान्छे काँग्रेसको उसको पक्राउमा चिन्ता एमालेलाई भयो । संसदमा ज्वाला साहलाई उर्फाछ सडकमा महेश बस्नेतजस्ता ओस्ताजहरुलाई एमालेले खटाएकै छ । नक्कली प्रमाणपत्रधारीहरु काँग्रेस र एमालेसँग जोडिएका छन् । काँग्रेस र एमालेले संसदीय कालमा १६ बर्षे अभियानमा देश लुटने आँफू मौलाउने गरेकै कारण शाहीकाल आयो । माओवादीको जनयूद्धले लोकतन्त्र र गणतन्त्र ल्यायो । एमाले नेतृत्व सडकमा थियो । तर केपी ओली दरवारको रक्षा गर्दै निरंकुश राजाको सेवक भएकै थिए । शाही कालका रोयलिष्ट रामचन्द्र राष्ट्रपति भए । राष्ट्रियताको रक्षा भन्दा भारतीय शासकको वेटे केपी शर्माले महाकालीको राष्ट्रघातवाट कुम्ल्याउदै कम्युनिष्ट पार्टीको बदनाम गरेकै छन् । एमालेको केपी मण्डलीबाट जनताको पिडा महँगी भ्रष्टाचार कुशासनतर्फ ध्यान दिइदैन् । उसको पालामा सुन पित्तल भएको गैडाको खाग वाँसको जह भएको इतिहास छ । केपी ४१ महिना यो देशको शासक भए जनतालाई कालोवजार र महँगी दिए तस्करलाई छुट दिए माफीया विचौलियाको संरक्षण गरे । मुलुक कोरोनाले वन्द हुँदा ओलीलाई धन वटुल्ने वाटो चाहिएको थियो । कानून मिचेर आँफू अनुकूलका साईवर स्याल लगाएर पार्टी भित्रकै नेता माथी प्रहार गराएको धेरै भएको छैन् ।
अहिले प्रचण्ड सरकारलाई जनताको काम गर्न नदिन संसद अवरुद्ध छ । संवैधानिक परिषदवाट न्यायधिसहरु नियुक्ति गर्न दिइएको छैन् । भ्रष्टाचार विरुद्ध सरकार लाग्दा एमाले विरोधमा छ । सुन तस्करको छानविन गर्दा प्रहरीको अनुसन्धानलाई नपत्याएर राजनीति तहमा लेनदेन गर्ने अभियानमा त्यही छ । शिक्षा माफीयाहरु गैर सरकारी संस्था सहकारीका ठग, मिटर व्याजका नाइके नेकपा एमालेकै आडमा सरकार विरुद्धको मोर्चामा छन् । जनताको आडमा राज्यको सम्पत्ति दोहन गरेर ७ खर्वको ऋणलाई १७ खर्व बनाउने नेकपा एमाले लाज पचाएर सरकारको विरुद्ध ज्यान मुद्धाका उपेन्द्र यादव नक्कली शैक्षिक प्रमाणपत्रधारी डा. सुनिल शर्माको रक्षक वन्दैछ । काँग्रेसमा हुडलो छिरेको छ । केपी ओलीले गगन थापालाई प्रधानमन्त्री दिन्छु पार्टी फुटाउ पनि भनेकै हुन् । रास्वपाका रवि लामिछाने राप्रपाका राजेन्द्र लिङदेन पनि केपीकै पुच्छर वन्दा आफै पंगु भएका छन् । यीनले संसदीय समितिको सभापति पदमा एमालेले ३ वटा कव्जा गर्दा राप्रपा र रास्वपालाई पनि चाहिन्छ भनेनन । विपक्षीको रैथाने राजा नेकपा एमालेको केपी शासनमा माफीया बढे तस्करीको सुनको छानविन भएन, राष्ट्रको ढुकुटीमा आँफू रजाँइ गर्ने तर जन जीविकाको सवालमा चासो नदिने ओली पथको शरणमा रास्वपा नजाने दावी गरेको छ । रास्वपाले संसद बैठक नवस्दाको भत्ता नलिने भनेको छ । तर एमालेले उपलव्धीहिन संसद अवरोध गर्दा कहिल्यै भत्ता नलिने भनेन । वरु केपी ओलीले काँग्रेसका डन डा. सुनिल शर्माको गिरफ्तारीको विरोध गरे । त्यो बापत शर्माले केपीलाई राष्ट्रपीता भने तर काँग्रेसको संसदीय दलले सुनिलका बारेमा कुनै चिन्ता जाहेर गरेन । ओली शासक भएका वेला पनि त्यो केश थियो चासो दिएनन् । केपीलाई शैक्षिक क्षेत्रको सुधारमा चासो थिएन् । एयरपोर्टवाट केपीका पालामा पनि सुन तस्करी भएकै हो । यो वेला राजनीति अस्थिरताको जड केपी ओली र उनको त्यो मण्डली विकृति र विसंगति विरुद्ध सरकार लाग्दा संसद अवरुद्ध गर्दैछ । माईतिघर मण्डलामा माफीयाहरु उतार्ने काम नेकपा एमाले कै अगुवाईमा भएको हो ।