Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको बैठक सोमबार बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । बैठकमा आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा आयोजना हुने पार्टीको विधान महाधिवेशनमा प्रस्तुत गरिने मस्यौदाबारे छलफल हुनेछ । पार्टी स्थायी कमिटी सदस्य तथा प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार विधान मस्यौदा समितिका संयोजक पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले यसअघि सचिवालय र पोलिटब्युरोले पास गरेको विधान केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने छन् । प्रस्तावित विधानका बारेमा इच्छुक केन्द्रीय कमिटी सदस्यलाई बढीमा तीन मिनेटमा आफ्ना धारणा राख्न समय उपलब्ध गराइने कार्यसूची रहेको छ । सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो सदस्यहरूले उपल्ला कमिटीमै धारणा राखिसकेका कारण केन्द्रीय सदस्यहरूले मात्र बैठकमा बोल्न अवसर पाउने गौतमले जानकारी दिए । सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो बाहेक एमालेमा करिब २३० जना केन्द्रीय सदस्य छन् । बैठक मंगलबार सम्ममा सक्ने भनिए पनि सबै केन्द्रीय सदस्यहरूले धारणा राख्न समय लिएमा बुधबारसम्म लम्बिन सक्ने एमालेले जनाएको छ । यही साउन १ गते बसेको पार्टीको सचिवालय तथा २ र ३ गते बसेको पोलिटब्युरो बैठकले ७० वर्षको उमेर हद र एउटै पदमा दुई कार्यकालको प्रावधान हटाइएको छ । उपाध्यक्ष पौडेलले विधानमा यी विषयहरू पनि समेटेर केन्द्रीय कमिटीमा प्रस्तुत गर्ने छन् । केन्द्रीय कमिटीले पास गरेको विधान मातहतमा कमिटीमा थप सुझावका लागि पठाउने तयारी एमालेको छ । मातहतका कमिटीबाट आएका सुझावहरूलाई समेटेर विधान महाधिवेशनमा प्रस्तुत गरिने गौतमले जानकारी दिए ।


सम्बन्धित समाचार

बालेनको नेतृत्वमा कसरी बन्छ सरकार ?

२०८२ फाल्गुन २७

ताजा नेपाल

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल