Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको बैठक सोमबार मध्याह्नबाट सुरू भएको छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भनिए पनि एक घण्टापछि सुरू भएको हो । बैठकमा आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा आयोजना हुने पार्टीको दोस्रो विधान महाधिवेशनमा प्रस्तुत गरिने मस्यौदाबारे छलफल हुँदैछ । पार्टी स्थायी कमिटी सदस्य तथा प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार विधान मस्यौदा समितिका संयोजक पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले यसअघि सचिवालय र पोलिटब्युरोले पास गरेको विधान केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने छन् । प्रस्तावित विधानबारे इच्छुक केन्द्रीय कमिटी सदस्यलाई बढीमा तीन मिनेटमा आफ्ना धारणा राख्न समय उपलब्ध गराइने कार्यसूची रहेको छ । त्यसैगरि राजनीतिमा आउने घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबारे पनि कुराकानी हुँदैछ । सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो सदस्यहरूले उपल्ला कमिटीमै धारणा राखिसकेका कारण केन्द्रीय सदस्यहरूले मात्रै बैठकमा बोल्न अवसर पाउने गौतमले जानकारी दिए । सचिवालय, स्थायी कमिटी र पोलिटब्युरोबाहेक एमालेमा करिब २३० जना केन्द्रीय सदस्य छन् । बैठक मंगलबारसम्ममा सक्ने भनिए पनि सबै केन्द्रीय सदस्यहरूले धारणा राख्न समय लिएमा बुधबारसम्म लम्बिन सक्ने एमालेले जनाएको छ । यही साउन १ गते बसेको पार्टीको सचिवालय तथा २ र ३ गते बसेको पोलिटब्युरो बैठकले ७० वर्षको उमेर हद र एउटै पदमा दुई कार्यकालको प्रावधान हटाइएको छ । उपाध्यक्ष पौडेलले विधानमा यी विषयहरू पनि समेटेर केन्द्रीय कमिटीमा प्रस्तुत गर्ने छन् । केन्द्रीय कमिटीले पास गरेको विधान मातहतमा कमिटीमा थप सुझावका लागि पठाउने तयारी एमालेको छ ।
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल