Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमाले बोक्नु भन्दा छोड्नु उचित

समय सधैं एकनाशको हुँदैन । मौका पाउँदा आफैं अध्यक्ष, आफैं प्रधानमन्त्री बनेर सहयात्रीहरूलाई कजाएका केपी ओलीका दर्जनौं अपराध जेजनी आन्दोलनको नरसंहारलाई साथ दिने नेपाली कम्युनिष्ट पार्टी लत्रदै थियो । तर विचार र सिद्धान्तमा समाजवाद उन्मुख कार्यक्रमका पक्षधर शक्ति र संगठन मिलेर बनेको त्यो नेकपा नेतृत्वलाई कार्यकर्ता पंक्तिको दबाव भयो । केन्द्रले उम्मेदवार बनाउने हो । प्रदेश र जिल्लाले कार्यकर्ताको मर्म र भावना बुझ्ने हो । त्यही मर्म र भावनाले अपराध कुण्डका नायकलाई नेता मानेर चुनावमा जान चाहेन । नेकपालाई २ सिट राष्ट्रियसभामा दिएर एमालेका चलाख अध्यक्षले आफ्नो एकलौटी थलो नेपाली कम्युनिष्ट पार्टीसँग जोडेर अनुहारको कालो दाग मेट्न अग्रसर थिए ।
जसको चुनावी एजेन्डा छैन । त्यसलाई काँधमा बेकेर हामी कम्युनिष्टलाई भोट देऊ अर्को जेनजी आन्दोलन शुरु गरी भाद्र २३ को कत्लेआम र २४ को विध्वंश छ महिनामै निम्त्याउँछौं भन्नका लागि ओलीलाई बोक्नु जरुरी थिएन । काँग्रेस, एमालेका लागि नत संघीयताको रक्षा गर्नु छ न त समानुपातिक सिद्धान्तभित्र समेट्नुपर्ने समूह र लोपोन्मुख वर्गको कल्याण गर्नु छ । ती दुई पार्टीले कस्ता उम्मेदवार समानुपातिक छनोट गरेर राष्ट्रियसभामा कस्ता पु¥याइँदैछन् त्यो देखियो । गणतन्त्रको स्थापना गर्ने आन्दोलनमाथि नै प्रहार गरेका केपी ओली मुलुकको प्रधानमन्त्री बनेर देशको बजेट उपलब्धिहिन स्थानमा लगानी गरेका थुप्रै स्तम्भ छन् । वर्गीय धरातल माओवादीले समेत त्यागेको बेला पार्टीका संस्थापकहरूलाई खेदेर दलाल पुँजीवादको रक्षामा लागेर एमाले समाप्त पार्न जसरी यो गुट लाग्दैछ । त्यसले आफ्नै भित्रको अन्तरसम्बन्ध विथोल्दै गयो । त्यो स्पष्ट देख्दा देख्दै एमालेलाई बोकेर हिँड्न अहिलेको समयमा उचित थिएन । अहिले नेपाली कम्युनिष्ट राष्ट्रको पहरेदार बन्न सक्नुपर्छ । यतिखेर भाद्र २३ र २४ का कलंकसँग मिल्दा जेनजी समूहको रक्षक बनेको वैकल्पिक शक्ति रास्वपामा आफैं सहकारी ठगीको रक्षक भएर पनि अरुलाई होच्याउन कम्मर कस्दाको प्रहार प्रचण्ड र माधवले सहनै पथ्र्यो । कार्यकर्ताको दबाव र समयको मागलाई नेतृत्वले बुझ्यो यो नै यसबेलाको उपलब्धी हो ।
बालेन शाहलाई उधारो प्रम प्राप्त हु्नुमा वर्तमान सरकारका चलाख मन्त्रीहरूको योगदान छ । भित्ते प्रधानमन्त्री बन्न राजी शाहसँग जनतासँग जोडिएको अनुहार होइन । यहाँ विदेशी लगानी छ भने रवि कुलमान र बालेनलाई नै छ । नेपालमा स्वार्थका खेती गर्न भारतले समेत विज्ञहरू प्रयोग गर्छ । युरोपेली युनियनले त माओवादीबाट सिपी गजुरेल रामबहादुर थापा, खड्ग विकहरूलाई विभाजित गराएकै हो । एमालेका एनजीओ र आईएनजीओहरूलाई भिœयाइएको डलर जुन बेला प्रयोग भयो अब त्यो अनुदान कम आउला । तर एमाले जनताबाट टाढा भएकोमा त्यस्ता डलरवाजहरूलाई चिन्ता छैन । देश रहे राजनीति रहन्छ । नयाँ वैकल्पिक शक्तिहरूको चाल गतिलो छैन ।
काँग्रेसभित्रको रणसंग्रामले त्यसमा नयाँ चेन र योजना छैन । संस्थापन र विपक्षीको लडाइँले त्यहाँ अराजक छ । माओवादीको भोट लिने आफू चुनाव जित्ने माओवादीलाई नदिने कथित काँग्रेसी भिड त्यहाँ छ । एमाले तिनैसँग मिलेर माओवादीलाई ०७९ को चुनाव धोका दिएको वास्तविकता प्रचण्डले बिर्से होलान् जो गाउँमा खट्छ, त्यो कार्यकर्ताले सम्झिरहेको छ । पदको लोभमा प्रचण्ड फसे पनि कार्यकर्ता फस्न हुन्न ।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल