Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमाले महाधिवेशन स्थल स्वयंसेवकले घेर्ने

काठमाडौं । एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने एमालेले जनाएको छ । स्वयंसेवक परिचालन समिति संयोजक भानुभक्त ढकालले उदघाटनको खुल्लासत्रमा उल्लेख्य सहभागिता हुने भएकाले १० हजार स्वयंसेवक परिचालन गर्ने बताएका हुन् । बन्दसत्रमा त्रमा करिब ५०० स्वयंसेवक खटाइने उनले बताए । एमालेको ११ औं महाधिवेशनको उदघाटन यही मंसिर २७ गते भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा र बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा हुने तय भएको छ । संयोजक ढकालका अनुसार स्वयंसेवक पार्टीका विभिन्न २४ जनसंगठन र विभिन्न कमिटीबाट खटाइने छ । एमालेले हालै गठन गरेको राष्ट्रिय स्वयंसेवक फोर्स (एनभीएफ) ले पनि स्वयंसेवाको समन्वय गर्नेछ । उदघाटन समारोहको मञ्च व्यवस्थापन, शौचालयलगायत आवश्यक पूर्वाधार निर्माणका लागि स्वयंसेवक परिचालन भइसकेका छन् । उदघाटनका दिन पूर्वबाट आउने सवरीसाधानलाई जगातीस्थित इँटा तथा टायल कारखानामा र पश्चिमबाट आउने सवारीसाधनलाई गठ्ठाघरबाट कमेरोटार क्षेत्रमा पार्किङको व्यवस्था मिलाइएको एमालेले जनाएको छ । एमाले महाधिवेशन यही मंसिर २७ गतेदेखि २९ गतेसम्म हुनेछ । महाधिवेशनमा आयोजक र निर्वाचित गरी २ हजार ४०० प्रतिनिधि रहने एमालेले जनाएको छ ।


सम्बन्धित समाचार

बालेनको नेतृत्वमा कसरी बन्छ सरकार ?

२०८२ फाल्गुन २७

ताजा नेपाल

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल