Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमाले महासचिव शंकर पोखरेल चडेको गाडी दुर्घटना

काठमाडौं । नेकपा एमाले का महासचिव शंकर पोखरेल सवार गाडी दुर्घटना भएको छ ।

दैलेखको पार्टी कार्यक्रमका लागि जाने क्रममा महासचिव सवार गाडी सडकमै पल्टिएको हो । घटना भने हिजो शनिबारको हो । दैलेखको डुङ्गेश्वर गाउँपालिकाको चुप्रा बजार नजिकै जंगलमा म १ च ३६९ नम्बरको स्कोरपियो पल्टिएको हो ।

हिजै भएको भए पनि दुर्घटनाको तस्बिर भने आज उपमहासचिव विष्णु रिमालले सार्वजनिक गर्नुभएको हो । रिमालले आइतबार एउटा अकल्पनीय क्षति हुनबाट जोगिएको भयानक दुर्घटना भन्दै दुर्घटनाको तस्बिर सार्वजनिक गर्नुभएको हो।

गाडीमा सवार महासचिव सकुशल रहेको उपमहासचिव रिमालले जानकारी दिनुभएको छ ।

दुर्घटनामा एमाले कर्णाली प्रदेशकी उपसचिव पद्मा खड्काको हातमा भने चोट लागेको छ । उहाँको हातमा प्लास्टर गरिएको छ ।