Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमाले विरुद्ध गण्डकीमा मसाल

पोखरा । सत्ता टिकाउनका निम्ति चालिने राजनैतिक हत्कण्डहरु अनेक हुन्छन् । त्यहाँ नैतिकता र सिद्दान्तको चासो हुँदैन । संसदीय कालमा सांसदलाई होटलमा थुनेर सत्ता समिकरणको नयाँ सिद्दान्त स्थिापित गरेका नेपाली काग्रेस र नेकपा एमाले अहिले २०५४ सालको इतिहास दोहोर्याउन सक्रिय छन् । यहि सक्रियताको एक घटना पात्र गण्डकी प्रदेशसभा सदस्य खिमविक्रम शाही बनेका छन् । उनल आफू पार्टीको निर्णयप्रति प्रतिवद्ध रहेको प्रतिक्रिया दिएका छन् । बुधबार गण्डकी प्रदेशसभा बैठकमा नआएर एकाएक चर्चामा रहेका राष्ट्रिय जनमोर्चाका सांसद शाहीले आफू बेहोस भएकाले सम्पर्कमा आउन नसकेको र हाल अस्पतालमा उपचाररत रहेको प्रष्टीकरण दिएका छन् । उनले बिहीबार प्रेस नोट जारी गर्दै भनेका छन्, म सदनमा जाने भनि तयारी अवस्थामा रहेको बेला अचानक बिरामी भई मेरो आफ्नै भाइलाई सम्पर्क गरेर आफ्नो स्वास्थ्य उपचारका लागि अस्पताल लैजाने क्रममा बेहोस भएछु भन्दै जोगिने प्रयास गरेका छन् । उनको पार्टी राष्ट्रिय जनमोर्चाले एमालेको गण्डकी प्रदेश सरकार विरुद्ध आएको अविश्वास प्रस्तावको पक्ष लिएको छ । त्यो प्रदेशमा मुख्य मन्त्री विरुद्ध मतदान हुने हो भने पृथ्वी सुब्बाको पद जान्छ ।