Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमाले सङ्कल्प यात्रा ,आज किराँती भेषमा भोजपुरमा भब्य स्वागत, भोलि धनकुटा पुग्ने

भोजपुर । मङ्सिर १४ गते बैतडीबाट सुरु भएको नेकपा एमाले को झुलाघाट–चिवाभञ्ज्याङ्ग समृद्धिका लागि सङ्कल्प यात्रा भोजपुर पुगेको छ ।

यात्राको नेतृत्व गरिरहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओली सहितको टोलीलाई आज भोजपुरको चखेवामा भव्य स्वागत गरिएको छ ।

किराँती पहिरनमा रहनुभएका ओलीलाई आफ्ना जातीय पहिरन र भेषभूषामा सजिएका स्थानीयले ढोल झ्याम्टासहित बाजा गाजाले स्वागत गरेका हुन् ।

पुष्पलाल मध्यपहाडी लोक मार्ग केन्द्रित यात्रामा सहभागीलाई स्वागत गर्न गाउँ गाउँबाट सर्वसाधारणहरू उपस्थित भएका थिए । एमालेको टोलीलाई भेट्न ज्येष्ठ नागरिकहरूको समेत उल्लेख्य सहभागिता थियो ।

एमाले सङ्कल्प यात्राको टोली भोलि धनकुटा पुग्ने, यस्ता छन् सात कार्यक्रम

नेकपा एमालेको ‘झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा को टोली भोलि बिहीबार धनकुटा पुग्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर १४ गते बैतडीको झुलाघाटमा राष्ट्रिय झन्डा फहराएर सुरु गरिएको मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित सङ्कल्प यात्रा १५औँ दिनमा धनकुटा आइपुग्न लागेको हो ।

नेकपा एमाले धनकुटा प्रचार तथा प्रकाशन विभागले पत्रकार सम्मेलन गरेर यात्राका क्रममा धनकुटामा हुने सबै कार्यक्रमको तयारी पूरा भएको जानकारी दिएको छ ।

सङ्कल्प यात्राको टोलीलाई भोलि बिहान लेगुवामा फूल मालासहित स्वागत गरेर जिल्ला प्रवेश गराइने एमाले धनकुटा अध्यक्ष इन्द्रमणि पराजुलीले जानकारी दिनुभयो ।

१८ दिनसम्म सञ्चालन हुने सङ्कल्प यात्राको अगुवाइ एमाले अध्यक्ष ओलीले गरिरहनुभएको छ । यात्रामा अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल र सुरेन्द्र पाण्डे, महासचिव शङ्कर पोखरेल, उपमहासचिवहरू प्रदीपकुमार ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमालसहित पाँच सय नेता कार्यकर्ता सहभागी हुनुहुन्छ ।

यात्राका क्रममा लेगुवामा एमाले अध्यक्ष ओलीसहितको टोलीले ज्येष्ठ नागरिकहरूसँग भेटघाट र पाख्रिबासमा कृषि अनुसन्धान केन्द्रका वैज्ञानिकहरूसँग कृषिको सम्भावना र चुनौतीका विषयमा अन्तरक्रिया गर्नेछ ।