Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमाले सिकायो, काँग्रेस छट्टायो, गृहमन्त्रीलाई संकट

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले हुर्काएका दुई विरुवा अहिले उनको एजेन्डामै रमाउँदैछन् । अवस्था सुधार्न पुराना दलले सकेनन् भन्दै जनतालाई भ्रम छरेर एकाएक उदाएको रास्वपाका अध्यक्ष रविलाई गृह तथा उपप्रम दिलाएर प्रचण्डसँग जोडी मिलाएर अध्यक्ष ओली खुचिङ गर्दै थिए । नागरिकता र पासपोर्टको विवाद रविका पुख्र्यौली सम्पत्ति हुन् । अहिले थपियो सहकारी ठगी । रविसँग जोडिएका जिबी राई मलेसियामा व्यापार गर्छन् भनिन्छ । उनलाई नेपाल ल्याउने पीडितको पैसा बुझाउन लगाउने र आफूले हजम गरेको पैसा फिर्ता गर्ने भित्री योजना रविको हुनुपर्छ । विपक्षी काँग्रेसले जसरी संसद अवरुद्ध गर्न थालेको छ त्यो एमालेले सिकाएको पाठ हो ।
यतिबेला केपी ओलीलाई प्रधानमन्त्री पद प्रति लोभ छैन । किनकि धेरै ठाउँमा उनी ४१ महिना प्रम बन्दा प्रभाव पारेका थिए । ठूला आयोजनामा बजेट बढाउने र हजम गर्ने ओली कालको मुल लक्ष्य हो । आफूले गरेका सबै ठिक अरुको बेठिक भन्नु दिउँसै रात पार्नु हो । यस्तो काममा एमालेको नेतृत्व सफल हो । समय आएपछि बुद्धि फिर्छ । हिजो वाममोर्चा जोगाएर एकीकृत पार्टी नेकपा जोगाएर राखेको भए अहिले एमाले ७६ (एक मृत्यु एक निलम्बन) माओवादी ३२, एकीकृत समाजवादी १० गरी ११८ वाम मोर्चाको संख्यामा २० सिट स्वतः थप हुन्थ्यो । नेतृत्वको अहंकारी स्वभावले नै यो अवस्था आएको हो । आज वामपन्थीहरू बदनाम छन् । ढाँट छल गर्न पर्दैन, ओलीको आडमा ईश्वर पोखरेल, गोकुल बास्कोटा, महेश बस्नेत, ऐन महर र शेरधन राई जस्ता बदनाम पात्र लागेकै हुन् । नीतिगत लुटमा जोडिएका कति छन् ? प्रचण्डका विश्वासप्रात्र नन्द किशोर पुन, रामबहादुर थापा, कृष्ण महरा र पुत्रहरूको पौरखसँग टोपबहादुर रायमाझीका बाबुछोरा जोडिनु घृणाको वामपन्थी लफ्फाबाजी नै हो । जस्तो रोप्यो त्यस्तै फल दिने हो । केपीले रोपेको विरुवा रवि एकातिर छन्, राजेन्द्र लिङदेन अर्काेतिर छन् । राजेन्द्रलाई ओलीले काँग्रेसका कृष्ण सिटौला भन्दा अग्रगामी देख्नु उनको मतिभ्रम थियो । जसले व्यवस्थाकै विरोध गरेर मसानघाटमा पुगेको राजतन्त्रको वकालत गर्दैछ । केपी ओलीले हुर्काएका यी दुई नमूना मध्ये अहिले रवि लामिछाने उपप्रम तथा गृहमन्त्री छन् । उनकै अनेक मुद्दा छन् । काँग्रेसले एमालेले सिकाएको पाठ संसदमा प्रदर्शन गर्दैछ । संसदको विधेयक अधिवेशनले गर्नु पर्ने काम धेरै छन् । कर्मचारी प्रशासन, संघीयता अनुसार चलाउन ल्याइएको विधेयक पारित गर्नु छ । रविका बारेमा काँग्रेसले संसदमा उठाएको विषय जरुरी महत्वको हो । सिआईबीले सूर्य दर्शन सहकारीको छानविन गरेकै टोली सरुवा गरिएको छ । सरकारका मन्त्री ठगी काण्डमा मुछिन्छ उही ठगीको छानविन गर्ने मन्त्रालयको मन्त्री हुन्छ । राजनीतिमा यो भन्दा घृणा अरु हुँदैन । प्रधानमन्त्री प्रचण्डले महान्यायाधिवक्ता कार्यालयलाई रविको पासपोर्ट र नागरिकता सम्बन्धी छानविन पछि अदालतमा मुद्दा नचलाउन निर्देशन दिनुको अर्थ आफ्नो पार्टीमा सुन तस्करको ताँती छ भन्ने थाहा पाएर हो ? किनकि प्रहरीको सिआईबीबाट भएको छानविनमा भेप काण्डमा महरापुत्र मात्र परेका थिए । आयोगले महरालाई पनि दोषी देखायो । उपराष्ट्रपति पुत्रद्वय र रामबहादुर थापा पुत्र आयोगको निशानामा परे । सिआईबीले थापा पुत्रलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि दोषी करार गर्दा भागेका हुन् । रसुवा भन्सारमा उपराष्ट्रपति पत्नी आफैं गाडी लिएर सुन भिœयाउन पुग्थिन् भन्ने त्यो बेलाको हल्ला अहिले प्रमाणित भयो । जनताको मुक्ति, देशको स्वाधिताका लागि १० वर्षे युद्ध लडेका यी योद्धाहरू कसरी पतन भए ? नेता नै यस्तो तस्करी कार्यमा लाग्दा जीवन चलाउनेहरूले अधुरो जनयुद्ध सफल बनाउने नाममा शुरु गरेको धनयुद्धको के आलोचना गर्ने ? अध्यक्ष परिवारमुखी हुनुको कारण यस्तै चरित्र पनि हो ।