Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमाले स्थायी समिति बैठक बस्दै, के छ एजेन्डा ?

काठमाडौं । नेकपा एमालेको स्थायी समिति बैठक आज बस्दैछ । च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा अपराह्न ४ बजे बैठक सुरु हुने पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार आजको बैठक राष्ट्रिय महाधिवेशन तयारीमै केन्द्रित रहनेछ । महाधिवेशनको प्रक्रिया अनुसार एमालेले देशभर कात्तिक ६ गते वडा र ९ गते पालिका अधिवेशन सम्पन्न गरेको छ ।
आजको बैठकमा वडा र पालिका अधिवेशनहरुबारे समीक्षा र रिपोर्टिङ हुनेछ, कार्यालय सचिव तामाङले भने, उपाध्यक्ष भीम रावलले चिठ्ठी छोड्नुभएको छ । त्यसलाई जस्ताको तस्तै आज अध्यक्षलाई दिनेछौं । आजको बैठकले पार्टीको आसन्न महाधिवेशनका लागि प्रतिनिधि छनोटको मापदण्ड निर्माण गरिने पनि उनले जानकारी दिए । मंसिरमा एमाले महाधिवेशन हुँदैछ ।