Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एम्बुलेन्समा १०० किलो गाँजा बोक्ने २ जना प्रकाऊ

सुनसरी । स्थानीय प्रशासनले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको समयमा आकस्मिक सेवाका लागि प्रयोग हुने सावारी सधान एम्बुलेन्स प्रतिबन्धित गाँजा ओसारपसारमा प्रयोग हुने गरेको सार्बजनिक भएको छ । सुनसरीमा १ सय केजी गाँजा एम्बुलेन्सबाट प्रहरीले बरामत गरेपनि आकस्मिक सेवाका रुपमा प्रयोग हुँदै आएको एम्बुलेन्स प्रहरीको आँखा छल्न गाँजा ओसारपसारमा पनि प्रयोग ने गरेको खुलासा भएको हो । सुनसरी धरान उपमहानगरपालिका २ रत्नरोड स्थितबाट प्रहरीले एम्बुलेन्सबाट १०० केजी गाँजा सहित २ जनालाई पक्राउ गरेको छ । सोमबार बेलुका ७ बजे अस्थायी प्रहरी चौकी अमर हाटबाट खटिएको प्रहरी टोलीले धनकुटाको भेडेटारबाट धरानतर्फ आउदै गरेको को च ५५५९ नम्बरको एम्बुलेन्सलाई रोकी चेकजाँच गर्दा एम्बुलेन्सको पछाडिको भागमा २५/२५ केजीको ४ वटा झोलामा जम्मा १०० केजी लागूऔषध गाँजा बरामद गरेको हो । बरामद गरिएको गाँजा सहित एम्बुलेन्स, एम्बुलेन्स चालक धरान १५ का ३६ बर्षीय बल बहादुर लिम्बु र सोही एम्बुलेन्समा सवार धनकुटा घर भई हाल धरान ११ बस्ने २८ बर्षीय पोशन राईलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरिक्षक ज्ञानेन्द्र बस्नेतले बताएका हुन् । डिएसपी बस्नेतले हुडेप नेपाल लेखिएको मारुतीलाई एम्बुलेन्स बनाएर गाँजा ओसारपसार गरिएको पाइएको छ । उक्त एम्बुलेन्सलाई शंका लागेर चेकजाँच गर्दा १ सय किलो गाँजा बरामद भएको र त्यसबारेमा थप अनुसन्धान भईरहेको उनले बताएका छन् ।


सम्बन्धित समाचार

ट्रम्पको चीन भ्रमण अन्योलमा

२०८२ चैत्र ४

ताजा नेपाल

आफ्नै मान्यलाई रविले दिए चेतावनी

२०८२ चैत्र ४

ताजा नेपाल

सिटौलाको आकांक्षामा तँगारो

२०८२ चैत्र ४

ताजा नेपाल