Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एम्बुलेन्स दुर्घटना, ३ जना घाइते

जुम्लाको कनकासुन्दरीमा एम्बुलेन्स दुर्घटना भएको छ । कनकासुन्दरी गाउँपालिका(६ स्थित दाँते ओखरमा क१झ १५ नम्बरको एम्बुलेन्स दुर्घटना भएको हो

जिल्ला प्रहरी कार्यालयका जुम्लाका सूचना अधिकारी प्रहरी निरीक्षक इन्सपेक्टर भुवन भट्टका अनुसार एम्बुलेन्स दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य छ ।

कनकासुन्दरी(६ का बिरामी दलविरे ऐडीलाई उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा एम्बुलेन्स दुर्घटना भएको हो ।

प्रहरी निरीक्षक भट्टका अनुसार एम्बुलेन्स सड्कबाट १५र२० मिटर तल खसेको छ ।

दुर्घटना भएको एम्बुलेन्स कनकासुन्दरी गाउँपालिकाको हो


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल