Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एम्बुुलेन्सको ठक्करबाट एक पैदल यात्रीको मृत्युु !

कञ्चनपुुरमा एम्बुुलेन्सको ठक्करबाट एकजना पैदल यात्रीको मृत्युु भएको छ । पूूर्वपश्चिम राजमार्ग अन्तरगतजिल्लाको कृष्णपुुर नगरपालिका-५ मा महेन्द्रनगरतर्फ जादै गरेको नगरपालिका -५, पूर्व पश्चिम राजमार्गमा अत्तरियाबाट महेन्द्रनगर जाँदै गरेको म१च २८८ नम्बरको एम्बुलेन्सले ठक्कर दिंदा स्थानीय ४५ वर्षका कृष्णबहादुर ऐरको मृत्युु भएको प्रहरीले जनाएको छ । सुुदूरपश्चिमप्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुुसार एम्बुुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका साइकलयात्री ऐरको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्युु भएको हो । साइकलयात्रीलाई ठक्कर दिने चालक भीमदत्त नगरपालिका -१६ बस्ने ४० वर्षीय गणेश विष्ट र नेपाल रेडक्रस सोसाइटी उपशाखा ऐरीको एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।दुुर्घटनापछि स्थानीयले पूूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । स्थानीयले पीडित परिवारलाई उचित क्षतिपूर्ति र चालकलाई कारबाहीको माग गर्दै राजमार्ग अवरुद्ध पारेका हुन् । उनीहरुले टायर बालेर प्रर्दशनसमेत गरेका छन् ।


सम्बन्धित समाचार

इरानलाई ट्रम्पको कडा चेतावनी

२०८३ जेष्ठ ४

ताजा नेपाल

नेताहरुलाई जिम्मेवारी दिँदै ओली

२०८३ जेष्ठ ४

ताजा नेपाल