Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एलआरआईमा कपी आतंक

काठमाडौं । शिक्षालाई व्यापार होइन सेवा भनिन्छ तर अभिभावकसँग धुत्ने नाममा के सम्म गरिन्छ भन्ने कुरा राजधानीको एलआरई स्कुलले चलाएको कपी आतंकले देखाएको छ । कोरोना कहरका कारण शैक्षिक सत्रको ९ महिना बितिसकेको छ । यो बीचमा स्कुलको कपी प्रयोग नगरी बाहिरकै कपी प्रयोग गरेर बितेको स्कुलले अहिले तालिवानी शैलीमा विद्यार्थीलाई अत्याएर स्कुलकै कपि किन्न बाध्य बनाएको छ । एक अभिभावक भन्दै थिए, आफूले बाहिरको कपी किनेर ठिक्का पारिदिएको तर बच्चालाई आतंकि बताएका कारण स्कुलकै कपी किन्नु पर्यो ।

अनलाइनबाट कक्षा सञ्चालन गरिरहेको स्कुलले अनलाइनबाटै विद्यार्थीको गृहकार्य पनि परीक्षण गरिसकेको बताउने ती अभिभाव भन्दै थिए, त्यही कपी स्कुलमा परीक्षणका नाममा झिकाइयो र भनियो अब आउट कपी मान्य हुँदैन । स्कुलकै कपि अनिवार्य किन्नुपर्छ । भर्ना शुल्क नलिएको स्कुलले विद्यार्थीको मासिक शुल्क पुरै उठाएर नपुगेपछि अब विद्यार्थी कपी भिडाउनसम्म पछि परेन । तीन महिना बाँकी रहेको शैक्षिक शत्रमा अहिले भिडाईको कपी आधा पनि नसकिने गुनासो उनले गर्दै थिए ।


सम्बन्धित समाचार