Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एसइई परीक्षाबारे कार्यदलको यस्तो निश्कर्ष

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) जेठ अन्तिम साता गर्न सिफारिस गरेको छ । बोर्ड अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलको नेतृत्वको कार्यदलले २५ वैशाखपछि लकडाउनको मोडल फरक भए जेठ अन्तिम साताबाट एसइई परीक्षा सञ्चालन गर्न सिफारिस गरेको हो । कार्यदलले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई प्रतिवेदन बुझाउँदै परीक्षा असार १५ सम्म सक्ने गरी गर्न सिफारिस गरेको हो ।
यसैगरी कार्यदलले एसईई र कक्षा १२ को परीक्षा एउटै समय (दुई सिफ्ट)मा गर्न पनि सिफारिस गरेको छ । एसईई परीक्षामा कूल चार लाख ८२ हजार ७०७ विद्यार्थी सहभागी हुनेछन् । चैत ६ मा परीक्षा लिने गरी १ हजार ९९५ परीक्षा केन्द्र तोकिएको थियो । तर कोरोना भाइरस ९कोभिड–१९० का कारण चैत ५ गते बेलुकी मात्र एसईई परीक्षा स्थगित गर्ने निर्णय गरिएको थियो । साथै परीक्षाको नतिजा ४५ दिनभित्र प्रकाशित गर्न सकिने कार्यदलको निश्कर्ष निकालेको छ ।


सम्बन्धित समाचार