Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एसडी मुनिले नबुझेको नेपाली राजनीति

  • अर्जुन ज्ञवाली

पछिल्लो नेपाली राजनीतिक समीकरणप्रति टिप्पणी गर्दै सिआइएको दिल्लीस्थित बौद्धिक केन्द्र जवाहरलाल नेहरू बिश्वविद्यालयका प्रा. सुकदेव मुनि (एस.डी.मुनि) ले २०१७ सालपछि राजा महेन्द्रले चिनलाई आमन्त्रण गरेको तर अहिले चीन आफैं आइरहेको अभिव्यक्ति दिएका छन् । हुनत उनी सामान्य प्राध्यापक हुन तर अमेरिकी जासुसी सस्था सिआइए र युरो इसाई मिसनरीसँग आबद्ध एसडी मुनिको अभिव्यक्ति भारतीय सस्थापनको नभए पनि भारतीय आवरणमा रहेका इन्डो÷पश्चिमाको धारणा हुन सक्छ । नेपाल अब यात २०१७ सालको राजा महेन्द्रको राजनीतिक मोडेलमा यात कम्बोडिया ÷माल्दिभ्सको पछिल्लो राजनीति मार्गमा अघि बढन सक्छ । नेपाल युक्रेन जस्तो अमेरिकी खेलमैदान बन्न चीन÷रूस ध्रुबले दिनेछैन । यो अवस्थामा अब इन्डियनहरू नेपाल सन्दर्भमा चीन÷रुस ध्रुवमा उभिने कि पश्चिमा ध्रुवमा ? बीचमा रहने अवस्था छैन । पछिल्लो नेपाली राजनीतिक समीकरणपछि भारतीय जनता पार्टी र (आरएसएस) मार्फत् हिन्दू गणतन्त्र, बेबिकिङ, सास्कृतिक राजा आदि एजेन्डाहरूको पनि अन्त्य भएकोछ । बालुवाटारमा आरजु राणालाई राखी बाधिदिएर भाजपा नेता बिजय जोलिले सुरुगरेको हिन्दूगणतन्त्रको एजेन्डा प्रचण्डको रुद्राक्ष होमसँगै खरानी भएको छ ।
दलाइ लामा, इस्कोन, साइबाबा, कृष्णप्रणामि, आदि र चर्चलाई बिपरित जस्तो देखाएर सम्प्रदायिक भड्काव मार्फत अमेरिकी मोडेलमा नेपालको सेना अगाडि सार्ने योजनापनि चकनाचुर भएको छ । अब रास्ट्रवाद र धर्मको आवरणमा देखिएका दरबार वरिपरिको र सेना वरिपरिको राप्रपालगायत समुह बीचमा बसेर खेल्ने अवस्थाको अन्त्य भएको छ । अब राप्रपा ÷कांग्रेस एउटै ध्रुवमा उभिनेछन किनभने यिनिहरूको नसो भ्याटिकन र पश्चिमासँग जोडिएको छ । निर्णायक अवस्थामा सेना र दरबार वरिपरिको घेरा पश्चिमालाई छोड्न सक्दैन । यो कटु यथार्थता हो । राप्रपाले बिपि कोइरालाको यसोगान गाउन सुरुगरिसकेको छ । बिगत निर्वाचनमा बिपि कोइरालाकि नातिनी मनिषा कोइराला राप्रपाको चुनाव प्रचारप्रसारमा उत्रिसकेकी मात्रै होईन हिमानी शाहको अन्तरबार्ता पनि उनी मार्फतनै सार्वजनिक गरिएको छ । पछील्लो राजनीति ध्रुवीकरणले अब नेपाली राजनीति बीचमा रहन नसक्ने प्रष्ट भएको छ । यो अवस्थामा दरबार वरिपरिको घेरा र कांग्रेस एउटा कितामा आउँदैछ । २०१७ पछि चिनियाँ रास्ट्रपति माओको सल्लाहमा डा. केशरजंग रायमाझी महेन्द्रसँग जादा राजाबादी बिपि कोइराला २०३३ सालमा इन्दिरा गान्धिले लात हानेर फर्किदा राष्ट्रबादी ? २००८ सालमा कांग्रेसले कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउँदा प्रजातान्त्रिक, महेन्द्रले २०१७ मा पार्टी प्रतिबन्ध लगाउँदा तानाशाह ? यस्तो प्रवृत्तिको इन्डो÷पश्चिमा अनुचरका पत्रकार, फण्डिङ बुद्धिजीवी र राजनीति कर्मीहरूको स्कुलिङको अब अन्त्य हुनेछ । अब नेपालको सेनाले नेपाल एकीकरणको लिगेसी महेन्द्र मोडेलमा बोक्ने कि विघटन हुने ? सेनाले महेन्द्र मोडेल नबोकेको अवस्थामा राजा ज्ञानेन्द्र र युवा राजा पारस शाह पलायन हुने कि डा.केशजङ्ग रायमाझीले भनेजस्तै सिम्हानुक बन्न तयार भएर सिम्हानुकले कम्बोडियामा अफुलाई बिस्थापन गरेको लोननोल नेतृत्वको अमेरिकी सेना विघटन गराउन भुमिका निभाएजस्तै नेपालमा गणतन्त्र ल्याउन भुमिका निभाएको बर्तमान भारतको मानार्थ, युएनको सान्तिसेना विघटन गराउन भुमिका निभाएर नेपाल एकीकरणको सुरक्षा गर्दै देशको पक्षमा उभिने ? निर्णय गर्ने समय आएको छ । अब बीचमा रहने अवस्था छैन । यो सेना नेपाल एकीकरण लिगेसी बोकेको पृथ्वीनारायण शाह, बहादुर शाह, कालू पाण्डे, अमर सिह थापा, भक्ती थापा, बलभद्र कुँवार, केहसिह बस्न्यात, अभिमान सिंह बस्नेत लिगेसिको गोर्खाली सेना होईन । बेलायती पाल्तु कुकुर जङ्गबहादुर राणा लिगेसिको सेना हो । त्यसैको उत्कर्स हो २०५८ जेष्ठ १९ को दरबार हत्याकाण्ड र २०६४ जेष्ठ १५ को गणतन्त्र । फरक के हो भने वि.सं. १९०३ को कोत पर्व हुँदा जंगबहादुर राणा थिए भने २०५८ जेठ १९ को दरबार हत्याकाण्डको समयमा प्रज्वल समशेर जंगबहादुर राणा । अब ध्रुवीकरणको बर्तमान चरणमा युवा राजा पारस शाहको भुमिका निर्णायक हुन सक्छ । किनभने बाध्यताले २ पटक राजा भैसक्नु भएका राजा ज्ञानेन्द्रले भन्दा युवा राजा पारस शाहले सिम्हानुक जस्तै बनेर देशको रक्षा गर्ने जिम्मेवारी नेपाल एकीकरणको लिगेसिको हैसियतमा श्विकार्न सक्नुपर्दछ । भुराजनीतिको पेचिलो अवस्था अमेरिकी साम्राज्यवादको ओरालो लागेको स्थिति बिआर आइको तिब्र कार्यान्वयनसँगै भारतीय एकाधिकार पुँजिवादको अन्त्य हुने अवस्था, माल्दिभ्सले भारतीय बिस्तारबादी शासकलाई धुलो चटाइदिएको अवस्थामा सिम्हानुक मोडलको राजनीति परिस्थिति परिपक्व हुँदैछ । इतिहासमा कांग्रेसले बोकेको संबैधानिक राजतन्त्र २०४७ को संविधान पुनः स्थापनाको एजेन्डाको पनि अन्त्य भएकोछ । अब बाबुराम भट्टराई जस्तै बामपंथी कित्ताका इन्डो÷ पश्चिमाहरू किनारा लाग्नेछन । दरबार र सेना भित्र अब डा. केशरजंग रायमाझीको सिम्हानुक मोडेल या महेन्द्र मोडेलको राजनीति धारा र योगि नरहरिनाथको नेपाल एकीकरण लिगेसिको आध्यात्मिक धारा बाहिर सेना र पुरानो राजतन्त्रको अस्तित्व रहने छैन । महेन्द्र मोडेल या योगिको नेपाल एकीकरणको आध्यात्मिक लिगेसी बोक्न नसके सेना ढिलो चाडो कम्बोडियामा जस्तै विघटन हुनेछ भने राजतन्त्र इतिहासमा सिमित र कांग्रेस च्याङकाइसेक जस्तै बन्नुको विकल्प छैन । त्यति मात्रै होइन नेपाली कम्युनिस्ट आन्दोलन भित्रका इन्डो÷पश्चिमा एजेन्टहरूपनि बीचमा रहन सक्ने छैनन् । अब कम्युनिष्ट आवरणमा इतिहासमा पुष्पलाल नामक रअ र सिआइएको काम गर्ने जासुसले प्रजातन्त्रको आवरणमा भ्रम दिएजस्तो दिने अवस्थाको पनि अन्त्य भएकोछ । बामपंथी जनमत र नेतृत्वमा पनि चिन÷रुस ध्रुबको उपस्थितिसँगै शुद्धीकरण सुरुहुनेछ यो अवस्थामा बामपंथी आवरणमा रहेका इन्डो÷पश्चिमा अनुचरहरूपनि किताकाटमा पर्नेछन् ।
अब कम्युनिष्ट आन्दोलन भित्र डा.केशरजंग रायमाझीको देशभक्ति धार, सिपि, मदन भण्डारीको देशभक्ति एजेन्डामा उभिने कि पुष्पलालको इन्डियन धार या मोहनबिक्रम सिह, निर्मल लामा, मोहन बैधको चौथो महाधिवेशनको इसाई मिसनरी धार ? तर अबको भुराजनीति ध्रुवीकरणले पुष्पलाल नामक रअको एजेन्ट, मोहनबिक्रम, निर्मल लामा, मोहन बैधको इसाई धारलाई सफायानै गरिदिनेछ त्यहीँ भित्र रहेका देशभक्त इमानदार बामपंथी कार्यकर्ताहरूले अहिलेनै आफ्नो किता क्लियर गर्दा राजनीति सुरक्षा हुनेछ । भुराजनीति मजाग होईन । कमजोर राजा धम्क्याए जस्तो होईन । कन्स्पिरेन्सी थ्यौरी प्रयोग गरेर नेपाल एकीकरणको लिगेसिलाई बदनाम र किनारा लगाउनेहरूले त्यसको सावा, ब्याज स्याज सहितको मुल्य अब चुकाउनु पर्नेछ । यहाँ संख्याको लडाइँ मात्रै छैन बिचारको लडाइँ छ । गणेशमान सिह र कृष्णप्रसाद भट्टराईले बिचारकै कारण संख्याबाट अलग भएको इतिहास छ । ९२ हजार ७ शय ५२ सेनाको परमाधिपती राजा बिरेन्द्र देशभक्तीपूर्ण लडाइँ लडदा त्यही घेराभित्र मारिनुपर्यो । अब भुराजनीति बदलिएको छ । बिरेन्द्र, मदन भण्डारीका हत्याराहरूले मुल्य चुकाउने समय आएको छ । हामीपनि आफ्नो हैसियत अनुसारको मैदानमै छौं ।

पुष्पकमलको फेरिएको समीकरण र ओलिको अवस्था
सिआइएका पूर्वप्रमुख विलियम कोल्बेले सन्सारभर ८ सयभन्दा धेरै कम्युनिष्ट पार्टी खोलेको उनको The Secret Wars of a Controversial Spymaster पुस्तकमा उल्लेख छ । सिआइए मिसनमा प्रयोग भएका तिनै कथित माओवादी लडाकु रुसी सेना मार्फत नाटोसँग लडेजस्तै बामपंथी समीकरण हुनसक्छ । सेना र कांग्रेसको अति इन्डो÷ पश्चिमाकरणको परिणाम खराब मध्यको कम खराब समीकरण आजको नेपाली राजनीतिक घटना हो । भुराजनीति मजाग होइन । कांग्रेस र सेना विघटन हुन पनि सक्छन् । भर्खर प्रकाशीत नेपालको इतिहास पुस्तकमा चिनियाँ पत्रकारले लिएको राजा ज्ञानेन्द्रको भुराजनीति सम्बन्धि अन्तरबार्ता नालायक नेपाली नामको सेना र नालायक कांग्रेसले पढेर भुराजनीतिसम्बन्धी ज्ञान लिँदा हुन्छ । बिपि कोइरालाले २०१५ सालमा भुराजनीतिलाई बेवस्था गर्नुको बाध्यता हो २०१७ पौष १ को राजा महेन्द्रको कदम । त्यही बिपि कोइरालाको यसोगान गाउने राप्रपा नाम गरेको हिँजडाको औचित्य यो समीकरणपछि समाप्त भएको छ । राजा महेन्द्र र चीनविरुद्ध प्रयोग भएको पुष्पलाल नामगरेको इन्डियन अनुचरले र त्यसका चेलाहरूले भनेजस्तो होईन नेपालको भुराजनीति । यदि नेपाली राजनीतिमा बिरेन्द्रहत्या गर्ने सैनिक केन्द्र गद्दाफी मोडेलमा ध्वस्त गर्ने पात्र खडाभएन भने माओवादी लडाकु रुसी सेनामा भर्ना भएर अमेरिकी र युक्रेनीसँग लडेजस्तै बामपंथी ध्रुवीकरण पुटिन मोडेलमा जानसक्छ । कांग्रेस नामको च्याङकाइसेक गुटको त ०४६ पछि पुष्पलाल नामक इन्डियन रेबिज कुकुरहरूको कथित माक्र्सवादी गुट समाप्त भएजस्तै हुन्छ नै कथित नेपाली आवरणमा रहेको सेना पनि कम्बोडियाको नरोद्दम सिहानुक अपदस्थ गर्ने लोननोलको सेना जस्तै विघटननै हो ।
दलाइलामालाई लुम्बिनीमा ल्याउन खोज्ने कांग्रेसको हर्कत । राजा ज्ञानेन्द्र, युवराज पारसलाई गुम्बामा लगेर दलाइ लामाको फोटोमुनि देखाउने दरबारिया खुख्यात राजाको र सेनाको वरिपरिका सिआइएका अनुचरहरूले हेक्का राख यो २०५८ जेष्ठ १९ होईन । हिन्दू, बौद्धधर्मको आवरणमा आरएसएसका गुण्डाहरूले पहेलो बस्त्र लगाएर आफ्नै आमा बाबुको क्रिया नगरेको पशुपतिनाथलाई उखेलेर म्युजियममा राख्नुपर्दछ भन्ने बिपि कोइरालालाई महामानव मान्ने देशद्रोही गिरोह मन्दिर चहार्दै धर्ममा इन्डो÷अमेरिकी एजेन्डा बोकेर खेल्न खोज्नु दिवास्वपना हो । हामी विरुद्ध यी अपराधीहरू कन्सपिरेन्सी थ्ययोरि प्रयोग त्यसै गर्न खोजेका होइनन्, धर्ममा खेल्न आएका तिमीहरूलाई हामीले खरानी बनाएर मात्रै छोडनेछौ । रबिन्द्र मिश्र, कमल थापा र राजेन्द्र लिङ्देनहरूले हेक्का राख्दा हुन्छ । नेपाल प्रहरीको हवल्दार जतिको हैसियत नभएका सेनाका जर्नेलहरूले भुराजनीति सम्बन्धि चिनियाँ पत्रकारले लिएको राजा ज्ञानेन्द्रको अन्तिम अन्तरबार्ता हेर । नारायणहिटि हत्याकाण्ड नेपाली कम्युनिष्ट र सिआइए, नेपालको इतिहास राजा ज्ञानेन्द्रको अनुवादित अन्तिम अन्तरबार्ता सहितको पुस्तक त्यसै प्रकाशन गरिएको होईन । हामीपनि मैदानमै छौ । मैदान भिडको मात्रै हुँदैन बिचारको पनि हुन्छ । बिचारबिनाको भिड मुर्दाहरूको समुह मात्रै हुन्छ । नेपालमा लडाइँ कुनै वाद र बिचारको होईन नेपाल एकीकरण पक्षधर र बिरोधिको मात्रै हो । सबैलाई चेतना भया ।


सम्बन्धित समाचार

रुस–चीन धु्रविकरण र नेपाल

२०८१ जेष्ठ २

ताजा नेपाल

लडाइँमै बित्नेभो प्रदेशको राजनीति

२०८१ जेष्ठ २

ताजा नेपाल