Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एसपीपीको पत्रमामाथि ओलीको यस्तो दाबी

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी दूतावासलाई नेपाली सेनाका तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले स्टेट पार्टनरसीप प्रोग्राम एसपीपीमा सभागी हुन लेखेको पत्रमा मिति संशोधन गरिएको आरोप लगाएका छन् । मदन भण्डारी जयन्तीको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा पत्र आफू प्रधानमन्त्री हुँदा नभई त्यस अघि नै पठाइसकेको हुनसक्ने दाबी गरे । पत्रमा २७ अक्टोबर २०१५ को मिति भनिए पनि टिपेक्स लगाएको आरोप लगाए । उनले भने, केपी ओलीको पालामा एसपीपी ल्याएको थियो भनेर अन्तर्राष्ट्रियस्तरमा पनि ढाँटिरहेका छन् । म सरकारलाई वरिजिनल पत्र देखाऊ भन्छु ।

ओलीले हातले नलेखेको पत्र देखाउन चुनौती दिए । आफ्नै पालामा पत्र लेखिएको थियो भने पनि आफूसँग कुनै सरसल्लाह र जानकारी विना लेखिएको दाबी गर्दै त्यो पत्र नै गलत रहेको बताए । राष्ट्रियताको सवाललाई झुक्याउने चीज बनाएको भन्दै प्रचण्डको आलोचना गरे । एमसीसीको विरोधमा कार्यकर्ता उचालेर पछि सम्झौता गरेको आरोप लगाए । एसपीपीको पछिल्लो ड्राफ्ट निकै खतरनाक रहेको ओलीको भनाई थियो । जनताको दबाबपछि एसपीपीबाट पछि हटेको बताए ।