Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एसिया कपको फाइनलका लागि भारत र श्रीलंका आज भिड्दै

काठमाडौं । एसिया कप–२०२३ को फाइनल खेल आइतबार भारत र श्रीलंकाबीच हुँदै छ। खेल कोलम्बोको आर प्रेमदासा स्टेडियममा दिउँसो ३ बजे सुरु हुनेछ। टस दिउँसो साढे २ बजे हुनेछ। उक्त फाइनल खेलमार्फत भारत आफ्नो ५ वर्षको उपाधिविहीन अवस्था अन्त्य गर्ने दाउमा हुनेछ भने डिफेन्डिङ च्याम्पियन श्रीलंका उपाधि रक्षा गर्न चाहन्छ। दुवै टोली आठौंपटक एसिया कपको एकदिवसीय फाइनलमा भिड्दै छन्। यसअघि खेलिएका ७ फाइनलमध्ये भारतले ४ तथा श्रीलंकाले ३ वटामा जित हासिल गरेका थिए।