Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
भारत सरकारले घटनाप्रति कडा आपत्ति जनाउँदै नयाँदिल्लीस्थित अमेरिकी दूतावासका कार्यवाहक प्रमुखलाई बोलाएर विरोध दर्ता गरेको छ ।
अमेरिकी सेनाले नाकाबन्दी उल्लंघन गरी इरानबाट तेल ढुवानी गरेकाले उक्त जहाजमाथि आक्रमण गरिएको जनाएको छ ।
२८ जेठ, काठमाडौं । ओमानको खाडीमा रहेको एक तेल ट्यांकरमाथि अमेरिकी सैन्य आक्रमण हुँदा तीन भारतीय नागरिकको मृत्यु भएको छ । सुरुमा बेपत्ता भएका भनिएका तिनैजना भारतीय नागरिकहरुको शव फेला परेको भारतका बन्दरगाह, जलमार्ग तथा ढुवानी मन्त्री सर्बानन्द सोनोवालले बिहीबार जानकारी दिएका छन् ।
सोनोवालले एक्समा लेखेका छन्, यो हाम्रो लागि अपूरणीय क्षति हो । यस कठिन समयमा मोदी सरकार शोकसन्तप्त परिवारका साथ दृढतापूर्वक उभिएको छ । मृतकका परिवारलाई आवश्यक सबै सहयोग उपलब्ध गराउन सरकार प्रतिबद्ध छ । उद्धार गरिएका चालकदलका सदस्यहरूलाई तत्काल स्वदेश फर्काउने र मृतक नाविकहरूको शव अन्तिम संस्कारका लागि चाँडै भारत ल्याउने व्यवस्था गर्न मैले अधिकारीहरूलाई निर्देशन दिएको छु ।
यस घटनापछि भारतको विदेश मन्त्रालयले नयाँदिल्लीस्थित अमेरिकाको दूतावासका उपप्रमुखलाई बोलाएर आक्रमणप्रति कडा आपत्ति जनाएको बीबीसीले जनाएको छ । भारतस्थित अमेरिकी राजदूत सर्जियो गोर काजाकिस्तान भ्रमणमा रहेका कारण अमेरिकी दूतावासका कार्यवाहक प्रमुख जेसन मिक्सलाई बोलाएको थियो ।
अमेरिकी आक्रमणमा परेका भारतीयहरुलाई ओमानी सेनाले सुरक्षित रूपमा उद्धार गरेको थियो ।
अमेरिकी सेन्ट्रल कमाण्डले पलाउको झण्डा बोकेको सेटेबेलो ट्यांकरले इरानबाट तेल ढुवानी जारी राखेर नाकाबन्दी उल्लंघन गरेकाले आक्रमण गरेको जनाएको छ । कमाण्डले एक्समार्फत जारी गरेको विज्ञप्तिमा लेखिएको छ, अमेरिकी सेनाले पटक–पटक चेतावनी दिए पनि चालकदलले बेवास्ता गरेपछि एक अमेरिकी विमानले जहाजको इन्जिनलाई लक्षित गर्दै सटीक हतियार प्रहार गरेको हो । अमेरिकी सेनाले यस कारबाहीको भिडियोसमेत सार्वजनिक गरेको छ ।
यस घटनाले खाडी क्षेत्रमा जारी द्वन्द्व र समुद्री व्यापार मार्गको सुरक्षाबारे गम्भीर प्रश्न उठाएको बीबीसीले जनाएको छ ।
अप्रिल १३ देखि अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी सुरु गरेको थियो । तेहरानले होर्मुज जलडमरूमध्य हुँदै हुने जहाज आवागमनमा नियन्त्रण कडा बनाएपछि यो कदम चालिएको थियो ।
यस घटनाले खाडी क्षेत्रमा बढ्दो सैन्य तनाव, समुद्री व्यापारको सुरक्षा तथा विदेशी द्वन्द्वमा परेका भारतीय नाविकहरूको सुरक्षाबारे नयाँ चिन्ता उत्पन्न गरेको छ ।
यसबीच इरान र अमेरिकाबीच तनाव कम हुने कुनै संकेत देखिएको छैन। अमेरिकाले इरानमाथि पुनः आक्रमण सुरु गरेको छ ।
यो युद्ध फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि सैन्य आक्रमण गरेपछि सुरु भएको थियो । ती आक्रमणमा इरानका सर्वोच्च नेताको मृत्यु भएको थियो ।
जवाफमा इरानले इजरायल तथा अमेरिकाका खाडी क्षेत्रीय सहयोगी देशहरूमाथि क्षेप्यास्क्र र ड्रोन आत्रमण सुरु गरेको थियो । त्यसपछि द्वन्द्व तीव्र रूपमा फैलिँदै मार्चमा लेबनानसमेत यसको चपेटामा परेको थियो।
अप्रिलमा अमेरिका र इरान युद्धविराममा सहमत भएका थिए, जुन प्रारम्भिक रूपमा दुई साताका लागि लागू गरिएको थियो । तर निरन्तर आरोप–प्रत्यारोप, नयाँ आक्रमण र बढ्दो अविश्वासका कारण उक्त युद्धविराम कमजोर बन्दै गएर पुनः ठूलो सैन्य टकरावको जोखिम कायम रहेको छ ।
२०८३ जेष्ठ २८
ताजा नेपाल
२०८३ जेष्ठ २८
ताजा नेपाल
२०८३ जेष्ठ २८
ताजा नेपाल