Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओलीकालका लुट धमाधम खोतलिँदै

काठमाण्डौ । वैदेशीक रोजगारीको नाममा मात्र होइन, लकडाउनका बेला वैदेशीक रोजगारीबाट स्वदेश फकर्ने नेपाली ल्याउन चार्टर उडानको अधिकार पाएको हिमालयन एयरको लुट चम्केको थियो । त्यसलाई जनता ठग्ने अवसर दिलाईएको थियो । सरकारी कम्पनी वायु सेवा निगमलाई चार्टर उडान कम दिएर हिमालयनको एकलौटी गर्न बालुवाटारकै निर्देशनमा नागरिक उड्यायन प्राधिकरणले उडान स्वीकृत दिएको थियो । राजन पोखरेल महानिर्देशक र प्रदिप अधिकारीको समूह योगेश भट्टराई पर्यटन मन्त्री हुँदा सक्रिय थियो । बायुसेवा निगमको उडानको भाग खोसेर निगमका ४ वटा विमान ग्यारेजमा थन्क्याउने हिमालयनलाई व्यापार दिने ओली शासनको चमत्कारले त्यसको चरित्र झल्काएको थियो ।

त्यतिबेला वैदेशीक रोजगारीबाट फर्केका कोभिड रिर्पोट नेगेटीभ भए पनि जबर्जस्त १४ दिन होटलमा बस्न बाध्य पारेर श्रमीकसँग पैसा धुत्ने काम भएकै हो । श्रम तथा रोजगार मन्त्रालयले त्यो लुट छानविन गर्ने भनेको छ । तर लुटलाई प्रश्रय दिने सीसीएमसीका तत्कालिन अध्यक्ष ईश्वर पोखरेल एमालेका वरिष्ठ उपाध्यक्ष छन् । यीनकै निर्देशनमा हिमालयनले व्यापार पाएको हो । उनमाथि कारबाही हुने विश्वास छैन । किनकी केपी ओलीका अगाडि अख्तियारबाट कडीकडाउ हुँदैन । प्रेम राई केपी ओलीले गरेका आर्थिक अपराधका संरक्षक हुन् । प्रमुख आयुक्त प्रेम राई आयल निगम जग्गा काण्डका हिस्सेदार पनि हुन् ।

मन्त्री किसान कुमार श्रेष्ठले श्रम तथा रोजगार मन्त्रालयको कार्यभार लिएपछि कोरीया जाने कामदारलाई जबर्जस्त होटलमा राखेर लुटेका लुटेराहरू माथि कारबाही गर्ने धम्की दिए । उनको त्यो धम्कीले होटलवाला मात्र होइन श्रम स्वीकृति दिने कालीमाटी स्थित श्रम तथा रोजगार विभागमा चल्ने दलाली प्रथा पनि केहि दिन रोकियो । श्रेष्ठले तनहुको भानुनगर क्षेत्रमा माओवादी कार्यकर्तालाई जर्बजस्त नेकपा समाजवादीमा लाग्न बाध्य पारेका छन् । काम राम्रै गरेपनि हिजो जसको बलले चुनाव जितियो त्यसैलाई पेलेको फल त उनले आगामी चुनावमा भोग्छन् । त्यो बेला किसान श्रेष्ठ आफ्नै उद्योगतिर लाग्छन् कि दलाली पेशा थाल्छन् ?

समाजवादीको तर्फबाट मन्त्री भएका प्रेम आले र किसानको अहिले हल्ला निकै छ । यी दुवै जना राजनीतिको तल्लो तहबाट आएका होइनन् । नेतालाई पैसा बुझाएर टिकट लिनेहरूको भर हुँदैन । भोलीको चुनावी माहोल हेरेर दलबदलु हुन सक्ने यी अनुहारहरूले देखाएको काम कति भरपर्दाे हुन्छ ? त्यो उनीहरूको भावी व्यवहार र चलखेलले नै छर्लङ्ग पार्छ । विगत किसान श्रेष्ठ र प्रेम आलेको व्यवहार र संगत आलोचित छ । मान्छे सप्रन पाउँछ । तर निरन्तरताले उसको वर्तमानलाई मूल्याङ्कन गर्छ । अहिले समाजवादीको इज्जत यीनले धानेका छन् । तर यी स्थाई भने होइनन् ।

आलेको अपराध
आलेले नारायणहिटी संग्राहलय र पशुपति धर्मशालाबाट बतासलाई खेदनु उचित छ । नेपाल ट्रष्टको नामको जमिन कौडीको मूल्यमा कब्जा गरेको थामसेर्कु र यति होल्डिङको करार संझौता फेर्ने र भाडा समय अनुसार लिने वातावरण कस्तो बनाउछन् ? किनकी उनले थालेका काम अर्काे टोलीले गर्ला भन्ने विश्वास पनि छैन । लुम्बीनी एयरपोर्ट भित्र लुम्बिनी गुरुयोजनाको कार्यक्षेत्र विपरित माफीया सुरज वैद्यकी पुत्री लाई रिर्साेट खोल्न स्वीकृत दिने वातावरण किन बन्दै छ ? जबकी लुम्बीनी गुरु योजनामा रिर्साेट छैन । यो अपराध किन हुदैछ यसको पछाडि कुन तत्व छ ? जनताले प्रेम आलेको द्रव्य मोह राम्ररी बुझछन् ।

श्रेष्ठले त्यो हेर्छन् ?
वैदेशीक रोजगारीमा फ्रि भिसा फ्रि टिकटको कुरा म्यान पावर व्यवसायीले लत्याएका छन् । मुखले सेवा शुल्क प्रतिव्यक्ति देश अनुसार रु १० हजार देखि २० हजार सम्म लिने व्यवस्था स्वीकार्ने तर व्यवसायीहरूले व्यवहारमा कानून विपरीत रु १ लाख ५० हजार देखि २ लाखसम्म अशुल्ने कुरा तर्फ श्रम मन्त्री कति सचेत छन् ? किनकी किसानलाई यो क्षेत्रको लुट कहाँ कसरी हुन्छ त्यो थाहा छ । मन्त्रीले अध्यानमनका कर्मचारीले एयरपोर्टमै गर्ने अपराध तर्फ नजर जानु पर्दछ ।