Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओलीका मान्छेले नाफा घटाएपछि प्राधिकरणमा कुलमानको खोजी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका हितेन्द्रदेव शाक्यले चुहावट बढाउँदै ११ अर्बको नाफा ५ अर्बमा झारेपछि फेरि कुलमान घिसिङलाई प्राधिकरण जिम्मा लगाइने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने प्रक्रिया अगाडि बढाउन ऊर्जा मन्त्री पम्फा भुसाललाई निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले प्राधिकरणको सुधार र जनताको चाहनाअनुसार घिसिङलाई जिम्मेवारी दिने प्रक्रिया थाल्न मन्त्री भुसाललाई निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको निर्देशनपछि ऊर्जामन्त्री भुसालले वर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेको स्रोतले बताएको छ । यसअघि ४ वर्ष विद्युत प्राधिकरणको बागडोर सम्हालेका कुलमानले दैनिक ६ घण्टा पनि नआउने बिजुलीमा उल्लेख्य सुधार गरी लोडसेडिङ अन्त्य गरेका थिए । गत भदौ २८ मा कार्यकाल सकिएपछि उनलाई नै दोहोर्‍याउन केहि आवाजहरू उठेका थिए ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल