Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओलीका लागि काम गर्दै आएका सर्वेन्द्र एमालेमा

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीको हुँदो काम गर्दै आएका नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ‌ओलीले पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा खनाललाई पार्टीमा स्वागत गरेका छन् । पूर्वमहानिरीक्षक खनाल बिहीबार एमालेमा प्रवेश गरेका हुन् । उनलाई स्वागत गर्नका लागि एमाले महासचिव शंकर पोखरेल लगायत नेताहरू कार्यक्रममा उपस्थित थिए । त्यस्तै, पुनर्जागरण पार्टीका महामन्त्री रविकिरण हमाल, अब्दुस मियाँलगायत एमालेमा प्रवेश गरेका छन् । ओली प्रधानमन्त्री रहेकै बेलादेखि खनालले एमालेका लागि काम गर्दै आएका थिए । खनाललाई जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको आरोप लागेको थियो ।