Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओलीकै कुर्सी ताकेपछि एमालेको एकता टाढिँदै

काठमाडौं । दुई चार दिन झुलाउने योजनाअनुसार वार्ताको नाटक गरिरहेका प्रधानमन्त्री केपी ओलीका अगाडि एमाले वरिष्ठ नेता माधवकुमार नेपालले भागवण्डाको फेहरिस्त नै तेस्र्याएका छन् । अप्ठ्यारो पर्दा बिरालो बन्ने ओली सजिलो हुने बित्तिकै सिंहझैं गर्जिहाल्छन् । अहिले ओलीलाई समस्या भएकै कारण माधवका अगाडि वार्ताको नौटंकी रचिएको जता पनि भागशान्ति खोज्ने माधव नेपाललाई पत्तो छैन । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सहमतिको सम्भावना कमजोर भएको छ । नेपालले अध्यक्ष पद मागेपछि सहमतिको सम्भावना कमजोर भएको हो । अध्यक्ष ओलीलाई नेपालले प्याकेजमा सहमतिको प्रस्ताव गरेको बुझिएको छ । जस अनुसार नेपालले अध्यक्ष पद पाउनुपर्ने, पार्टी संस्थागत रुपमा चल्नुपर्ने, विगतका कमी कमजोरीमा आत्मालोचना गर्नुपर्ने विषय उल्लेख थिए । स्रोतका अनुसार नेपालको कतिपय मागप्रति ओली असन्तुष्ट भएका छन् । उनी दोस्रो अध्यक्ष दिन तयार देखिएका छैनन् । एमालेभित्रको एकता कायम गर्न गठित कार्यदलले सहमतिको प्रयास जारी राखेको छ । हिजो उत्साही देखिएको कार्यदलको टोली आज विहान निराश भएका छन् । यसैगरी, नेता नेपाल विरामी भई घरमा आराम गरिरहेका छन् । उनले कम भेटघाट गरी आराम गरेका छन् । ओली २३ सांसदको शेरबहादुर देउवालाई समर्थनको प्रस्तावमा गरिएको हस्ताक्षर फिर्ता गराउन लागेका छन् । उनले माधव पक्षको प्रस्ताव फिर्ता गराएर २८ असारमा हुनलागेको प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा हुने सुनुवाईलाई प्रभावित पार्न खोेजेको विश्लेषणहरु भइरहेका छन् । २३ सांसदका कारण नेपाल पनि अहिले राजनीतिको निर्णायक शक्ति बनेका छन् ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल