Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओलीको अराजकता कहिलेसम्म ?

काठमाडौं । पार्टी सत्ता र राज्य सत्ता विधि, पद्दति र सिद्धान्तमा चल्छ । तर यो कुरा विश्वका अन्य मुलुकमा लागू होला तर नेपालमा सबैभन्दा ठूलो दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीका लागि विधि र पद्दति हात्तीको देखाउने दाँत जस्तै भएको छ ।

नेकपाको स्थायी समिति बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओली भने सहभागी रहेका छैनन् । आफू अल्पमतमा पर्ने निश्चित भएपछि उनले आजको बैठक छाडेका हुन् । नेताहरुले केही समय ओलीलाई कुरेपनि नआउने निश्चित भएपछि उनी बिनै बैठक सुरु भएको हो ।

ओलीले स्थायी समितिको बैठकको औचित्य नभएको बताउँदै आएका छन् । शनिबारको सचिवालय बैठककमा पनि ओलीले पार्टी विवाद सचिवालय बैठकबाटै मिलाउनुपर्नेमा पुनः जोड दिएका थिए । सचिवालय बैठकमा बोल्दै ओलीले अधिकांश सदस्यहरुले सचिवालयबाट निकास ननिस्केपछि दुवै अध्यक्षका प्रतिवेदनमाथि स्थायी कमिटीमा छलफल गरेर निष्कर्ष निकाल्न दिएको सुझावलाई प्रतिवाद गर्दै स्थायी समितिलाई ‘रत्यौली’को संज्ञा दिएका थिए।

मन्त्रिपरिषद‍्मा हेरफेर, राजदूत नियुक्ति, पार्टीको कर्णाली प्रदेशको विवाद, तराईका केही जिल्लाका कार्याकर्ताबीचको दोहोरो झडप, प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत भई नेपाल आएका भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्त गोयलसँग गरेको भेटवार्ता आदिबारे विवाद रहँदै आएकोमा प्रचण्ड र ओलीले छुट्टाछुट्टै प्रस्ताव ल्याएपछि विवाद थप उत्कर्षमा पुगेको हो । नेकपाकै नेताहरुले विवाद फुटउन्मुख भएको बताउन थालेका छन् ।


सम्बन्धित समाचार