Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओलीको इच्छा पुरा गर्दा मेलम्ची सत्यनास

काठमाण्डौ । काम कुरा एकातिर कुम्लो बोकी ठीमीतिर भयो मेलम्ची खानेपानी परियोजना । परियोजनाको काम पुरा नहुदै तत्कालिन प्रधानमनत्री केपी ओलीको रहर पुरा गर्न मन्त्रालयका सचिव देखि परियोजना प्रमुख समेत लागे । प्राविधिक रुपमा टनेलको काममा ध्यान नदिइ रमिता देखाउदाँ अहिले संकट आएको छ ।

प्रधानमन्त्रीलाई सिलान्यास गर्ने र उद्घाटन गराउने सिलालेखमा नाम लेखाउने मोह जागेको थियो । त्यो मोह पुरा गर्न सचिव माधव बेलवासे आयोजना प्रमुख त्रिरेस खत्री लागे । उनीहरुले प्रधानमन्त्रीबाट बक्सीस पनि पाए । तर आयोजनाको प्राविधिक समस्यामा ध्यान दिएनन् । काठमाण्डौ बासीको ३० वर्षको सपना पुरा त भयो । तर समयमा प्राविधिक पक्षले गम्भिरता देखाउन नसक्दा रु ३८ अर्वको लगानी समेत व्यवस्थित हुन सकेन । टनेलमा पानी प्रवेश गराउन सबै डराएको समयमा राजधानी बासीलाई मेलम्चीको पानी दिलाउन पाउदाँ खुसी नहुने कोही थिएन । पहिलै पनि गेट भत्कीदाँ ३ जना कर्मचारीहरुको निधन भएको कुरा सरकारलाई थाहाँ थियो । समस्या बाट पाठ सिकेर टनेलको अवस्था र बाध क्षेत्रको स्थितीमा ध्यान दिनु पर्थ्यो तेतातिर कसैले सोचेन ।

प्रोसेसमा काम भएको भए सुरुङ्खबाट पानी पठाउने र बन्द गर्ने प्रकृयाको परिक्षण समयमा हुन्यो । तेता तिर ध्यान दिने मन्त्रालयले हो तर मन्त्री कमजोर थिए । सचिव बाठा थिए । उनले आफु रिटाएर हुना साथ लोकसेवा आयोगमा नियुक्ती लिए त्रिरेस खत्रीलाई खाने पानी विभागको डिजी बनाए । अहिले मेलम्ची खानेपानी विकास समितीमा कार्यकारी छैन । त्यहाँ गएका रामकुमार श्रेष्ठ २ महिनामा सरुवा भएर गएपछि मेलम्चीको बेथितीका बारेमा ज्ञान भएको प्रसासक नहुदाँ समस्या झन बढ्ने अवस्था छ । सरकारले जसले मेलम्चीमा सुरु देखि काम गर्यो उसैलाई त्यहाँ खटायो भने जस आफु पाउने राजधानी बासीले पानी पाउने हुन्छ । सजिलोको जस लिने अप्ठ्यारोमा भाग्ने राष्ट्रसेवक देश भक्तm हुदैन । अनुभवको आधारमा मेलम्चीको निम्ती तत्काल खटाउने कर्मचारी भनेका त्रिरेस खत्री हुन । उनलाई मेलम्ची देखि आयोजना कार्यानययन निर्देशनालय सम्मका कामको जानकारी छ ।

राजधानीको खानेपानी समस्याको समाधान मेलम्चीले गर्छ भने पुराना पाइम मर्मत ग्राहकलाई सन्तुष्ट पार्न केयुकेएलले सकिरहेको छैन ।स्वर्गीए किसुनजी को सपना पुरा गर्न उनका अनुयायी प्रम शेरबहादुर देउबाले अग्रसरता देखाउन जरुरी छ । जहाँ मेलम्चीको प्रोजेक्टको जानकारी भएको अनुभवी प्रसासकलाई खटाउनु पर्दछ । नयाँ मान्छे पठाउदाँ त्यहाँ अलमलिन्छ । मन्त्री छैनन् । नितीगत निणर्य गर्ने मन्त्री नहुदाँ सचिव उर्मीला श्रेष्ठबाट काम हुन कठीन छ । यो स्थितमा वर्तमान सरकारले उद्धघाटनमा रमाउने भन्दा काम देखाउने हो ।त्यसका निमीतm अनुभवी जो छ उसैलाई खटाउने हो । कुसल राष्ट्रसेवकले राज्यले खटाएको र दिएको जिम्मेवारी पुरा गर्नु पर्ने विज्ञहरको सुझाव छ ।वर्तमान सरकार सुझाव र सल्लाह बाट चल्छ भने मेलम्ची पुरा गर्न त्रिरेस खत्रीलाई खटाउनु पर्दछ ।

 


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल