Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओलीको एकता प्रस्तावले नेपाल पक्षमा भाँडभैलो, योगेशले स्वागत गर्दा रामकुमारी बुरुक्क

काठमाडौं । पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओलीले ६ बुँदे प्रस्ताव पेश गरेपछि नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर नेताहरुबीच बहसशुरु भएको छ । नेता योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीको एकता प्रस्तावको स्वागत गरेका छन् । उनले ओलीले आज सार्वजनिक गरेको वक्तव्य मूलतः सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जाल फेशबुकमार्फत उनले यस्तो बताएका हुन् । उनले ओलीको यो प्रस्तावले शीर्ष तहमा पूनः वर्ताको ढोका खोलेको पनि सुनाए । उनले लेखेका छन्, नेकपा एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेकपा एमालेको एकताका लागि आज सार्वजनिक बक्तब्य मार्फत गर्नु भएको आह्वन मुलत सकारात्मक छ । कार्यदल स्तरको छलफललाई यो बक्तब्यले पुन निरन्तरता दिन बाटो खुलेको छ । पार्टीका जिम्मेवार नेता कमरेडहरु सम्मिलित कार्यदलले स्पस्ट गर्नु पर्ने र मिलाउनु पर्ने थप बिषयहरुलाई समाधान गर्ने छ । सर्बोच्चमा बिचाराधिन बिषयमा सबै संभावनालाई ख्याल गर्दै र मुलत संबिधानको रक्षा, लोकतान्त्रिक प्रकृयाको निरन्तरता र पार्टी एकताको खातिर एउटा तार्किक निश्कर्समा पुग्नु उपयुक्त हुनेछ । सारमा अध्यक्षको बक्तब्यले पार्टीको शिर्स नेत्रित्वका बिचमा सार्थक संबाद हुनेछ र नेकपा एमालेको एकतालाई अक्षुण राख्न मद्घत पुग्ने अपेक्षा गर्दछु । हजार माईलको यात्रा पहिलो पाईलाबाट नै शुरु हुन्छ ।

उता, अध्यक्ष ओलीको कट्टर विरोधीका रुपमा प्रस्तुत भइरहेकी रामकुमारी झाँक्रीले भने यो प्रस्ताव पार्टी एकता हुन नदिने डिजाईनका साथ आएको आरोप लगाएकी छिन् । नेतृ झाँक्रीले अध्यक्ष केपी शर्मा ओलीले अघि सारेको एकता प्रस्ताव एकताको लागि नभएर आफूहरुलाई झुक्याउन, अलमलाउन र मिडिया खपतको लागि आएको टिप्पणी गरेकी छिन् । ओलीको प्रस्ताव सार्वजनिक भएलगत्तै नेतृ झाँक्रीले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएकी हुन् । उनले भनेकी छिन्, गम्भिर कुरा त के छ भने बुदा नं. ४ मा अदालतमा दिएको हस्ताक्षर फिर्ता गरिनेछ भनिएको छ। यो कसले फिर्ता लिनेरु फिर्ता लिने पक्षसंग यो वक्तव्य जारी गर्न सहमति वा संवाद आवश्यक पर्ने होईन र ? लोकतन्त्रको रक्षाको लागि संविधानलाई क्रियाशिल गराउन, संसद पुनस्थापना गर्न, हामी अदालतको ढोका ढकढकाउन पुगेका थियौँ। हामीहरूले यसको सुनिश्चिता बिना हस्ताक्षर फिर्ता लिने भन्ने प्रश्न नै आउँदैन। त्यसैले यो एक प्रकारले पार्टी एकता हुन नदिने डिजाईनका साथ आएको वक्तव्य हो। यसप्रति भ्रममा नपर्न अनुरोध गर्दछु। बिकसित घटनाक्रम र समग्र पछिल्लो राजनीतिक परिस्थितिवारे हाम्रो पार्टीको स्थायीको बैठक बसी संस्थागत धारणा दिइनेछ।