Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सबैतिर आफू एक्लै रजाइँ गर्दै आएका एमाले अध्यक्ष केपी शर्मा ओलीले यस पटक ११औं महाधिवेशन पनि सर्वसम्मत अध्यक्ष बन्ने र आफ्ना दलाहरूलाई पद बाँड्ने अवस्था भएन । ओलीको विश्वासिला खम्बाहरू शंकर पोखरेल, खगराज अधिकारी, प्रदीप ज्ञवाली, महेश बस्नेत, पद्मा अर्यालहरूको धरातल पनि खस्केको छ । यिनको काम ओलीलाई देवत्वकरण गरेर मौकामा फाइदा लिने हो । एमालेभित्र यस्ता झम्पट छन् । जसले स्व. मदन भण्डारीले स्थापित गरेको जनताको बहुदलीय जनवादको बदनाम गरे । स्व. मनमोहनले बचाएको पार्टी र राष्ट्रवादी धार खुइल्याए, माधव र झलनाथले बचाएको संगठनको आधार भत्काएर पार्टीलाई गुटमा परिणत गरेका छन् । पार्टीको जुलुसमा सभागी हुन कार्यकर्तालाई पेट्रोल र खाजाको कुपन वितरण गर्नु पर्ने बाध्यता खडा गर्ने तिनै भ्रष्टाचारी र स्वार्थीहरूलाई अब संकट आउँछ ।
पार्टीका भगिनी संगठनहरूमा एकलौटी गर्दै आएका ओलीले विचार र सिद्धान्तलाई झन् तहस नहस बनाएका छन् । यस पटक नेकपा एमालेलाई जनताको मत बचाउने भन्दा कार्यकर्ता टिकाउन कठिन छ । जेनजी आन्दोलनले ध्वस्त बनाएको राज्य संरचना पुननिर्माण गर्नु छ । सरकार चुनाव गराउन आएको हो । तर एमालेले चुनावको भन्दा संसद पुनस्र्थापनामा जोड दिएको छ । सरकारले निर्वाचन आयोगलाई बजेट दिइसक्यो । आयोगले तयारी थालिसक्यो । दलहरूको दर्ताक्रम बढेको छ । एमालेको दबावमा दुर्गा प्रसाईहरूलाई थुनेर जनताका आवाज बन्द गर्ने दुस्साहस सरकारले गरिरहेको भन्ने छ । मुलुकमा यो अवस्था सिर्जना गर्ने ओली शासनको दुस्साहस हो । कम्युनिष्टहरू बोल्नमा क्रानितकारी हुन्छन् तर व्यवहारमा दुष्ट हुन्छन् भन्ने कुरा पनि ओली शासनको दुई वर्षे कार्यकाल प्रमाण बन्यो ।
नेपालका कम्युनिष्टहरूलाई जनताले ०७४ मा दुई तिहाई मत दिए । तर त्यो जनमतलाई बचाउन केपीको दम्ब र अहंकार कालजयी भयो । पार्टी फुटाउन साथ दिने ईश्वर पोखरेल राज्य लुटमा सरिक भए तिनैले कम्युनिष्टको बदनाम गराए । प्रचण्डलाई अध्यक्ष मान्दिन भन्ने भोट भने माओवादीको लिने पोखरेललाई आज ओली विरुद्ध अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने आँट पूर्व राष्ट्रपति विद्या भण्डारीबाट आएकोृ हो । ओलीसँग ठाडो शिर गरेर विद्याको सदस्यताका बारेमा बहस चर्काउने अवस्था एमाले नेतामा आज पनि छैन । पार्टीको गिरेको साख बचाउन वडा भेला, नगर, क्षेत्र र जिल्ला भेलाहरू जबर्जस्त भए । तर त्यहाँ उत्सुकता थिएन । किनकि कम्युनिष्ट पार्टीलाई बदनाम बनाउने माफिया र दलालको कब्जामा पार्टी पु¥याउने ओली शासन सफल भएकै हो । अब चुनावमा एमालेका मुद्दा छैनन् । ओलीकै नेतृत्वमा एमाले चुनावमा जाँदा भाद्र २४ को खरानी र २३ को कत्लेआमलाई कसरी बिर्साउँछ ? के एजेन्डा लिएर एमाले जनतामा जान्छ ? दुई तिहाईको सत्ता ओलीले ढाले । प्रशासन सुधार भनोस् भने निजामती विधेयकमा कुलिङ पिरियडमै ओलीको एमाले फस्यो ।
संघीयता बलियो बनाउने भनोस् भने आज मधेश प्रदेशमा देखाएको जबर्जस्तीकरण साक्षी छ । भ्रष्टाचार नियन्त्रण भनोस् भने सहकारी ठगहरूको छानविन गर्न ओलीले दिएनन् । राजश्व बढाउने भनोस् भने व्यापारीलाई साथ लिएर विद्युत महसुल नतिर्ने उद्योगीलाई साथ दिएको दबाव नै काफी छ । ओलीले रोकेको सुन तसकरी, नेपाल ट्रष्टको जग्गा भाडा प्रकरण आज पनि छानविनमा छ । राज्यको श्रोत दोहन गर्न ओली पथ जसरी लाग्यो त्यसले जताततै नै ध्वस्त देखायो । सुन तस्करी, वाइडवडीको भुक्तानी जस्ता काण्डमा ओलीकै नाउ जोडियो । हिजोको त्यो गरिमा र शाख आज छैन । विष्णु रिमालको ल्यापटपको रिपोर्टले झापाको भ्युटावरको उपलब्धीहिन र अनावश्यक खर्च देख्दैन । शंकर पोखरेलको हुँकारले गृहजल्ला दाङको पार्टी संगठन ध्वस्त हुँदा कोमल ओलीबाट बच्दैन । अबको एमालेमा दलीय आवद्धता कसरी टिक्छ ? एमाले आज ओलीको एकलौटीबाट मुक्त बन्न मंसिर २७–२९ सम्मको जमघट नै मूल्यवान बन्दैछ । त्यहाँ देवत्वकरणमा रमाएका भन्दा फरक प्रकृतिले ठाउँ पाउनेछ । देशको वामपन्थी जनमतमाथि प्रहार गर्ने ओलीबाट अब एमाले सुध्रने अवस्था छैन । आफू बाहेक अरुलाई नेतृत्वमा देख्न नसक्ने दुष्ट स्वभावले मतदानमा क्षमा पाउन सक्दैन । पार्टीको सल्लाहकार समिति होस् वा आयोगहरू एमालेमा ओली पथ बाहिर छैनन् । आफ्नो एकलौटी रजाइँ नहुँदा ओलीले ईश्वरको विरुद्ध शंकर पोखरेल, प्रदीप ज्ञवाली, खगराज अधिकारी, पद्मा अर्याल, महेश बस्नेत अगाडि सार्दा ईश्वरसँग योगेश भट्टराई, सुरेन्द्र पाण्डे, अष्टलष्मी शाक्य, युवराज ज्ञवाली, गोकर्ण विष्ट, कर्ण थापा खडा छन् । सत्ताका लागि ओलीवादी बनेका रामबहादुर थापाको राजनीति अब रहँदैन । बरु पृथ्वीसुब्बा, रघुवीर महासेठसम्मले ओली कित्ता त्याग्नैपर्छ । गोकुल बास्कोटा, सूर्य थापाहरूलाई ईश्वरको पछि लाग्न कठिन छैन । किनकि इश्वर र गोकुल हिजो त्यो क्याविनेटमा थिए जुन सरकारका प्रम केपीका प्रेस सल्लाहकार सूर्य थापा थिए । एमाले ११औं महाधिवेशनको पूर्व तयारीमा स्थानीय तहदेखि जिल्लासम्म चलाएको अभियानलाई मंसिर ६ गते राजधानीमा सभा गरी बिसर्जन गरेको छ । त्यो सभा प्रभवाकारी देखिएन ।
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल