Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओलीको गुन तिर्न वाम एकताको रोइलो

काठमाडौं । नेकपाको एकता किन र कसका लागि भन्ने कुरामा नेताहरू स्पष्ट नभएसम्म एकता त के कार्यगत एकता पनि सम्भव छैन । केपी ओलीको कृपामा संघीय चुनावमा ओलीकै षड्यन्त्रले बर्दियाबाट चुनाव हारेका बामदेव गौतम आफू कतै नलाग्ने श्रीमतीलाई नेकपा एमालेको केपी गुटको पुच्छर बनाएर प्रदर्शन गरेको नाटकप्रति धेरैले प्रश्न गरेका छन् । वामदेवमा पार्टी सिद्धान्त र निष्ठा थियो भने उनले ५ वर्ष जनतासँग जोडिएर काम गर्थे । तर उनीसँग त्यो थिएन ।

त्यही कारण उनका सहयोगीहरूले गुट परिवर्तन गरे । अहिले वामदेवलाई एकता चाहिएको छ । उनको त्यो एकता कसका लागि किन भन्ने स्पष्ट छैन । केपी जस्तो एकलब्य, हुकुमधारी पार्टीका सिद्धान्त नीति, विधि, प्रक्रिया केही नमान्ने मै सर्वेसर्वा हो, मेरो अण्डरमा १५ वर्ष एमाले चलाएका झलनाथ र माधव नेपाल बस भन्दा त मानेनन् भने १० वर्ष जनयुद्ध गरेर केपीले बचाउन खोजेको राजतन्त्र सधैंका लागि हटाएर गणतन्त्रमा काँग्रेसलाई सहमतीमा ल्याउने शक्ति मान्छ ? वामदेवका तर्क राजनीति गर्ने ठाउँ होलान् । तर केपी ओली जस्तो भष्मासुरलाई नेतामानेर बरु वामदेवहरू नै हिड्न सक्लान् प्रचण्ड कुन्नी ? सत्तामा हुँदा कमजोरी भए प्रचण्डले सर्वहाराकरण गर्न पार्टीलाई पनि सकेनन् । आफैंलाई पनि सकेनन् ।

पार्टी विभाजनका कारण त्यही थियो । तर वामदेवहरू सत्तामा रहँदा सुन तस्करी पनि चम्काए, संसदीय बेथिति पनि चम्काएकै हुन् । २ तिहाईको सरसकार ढाल्ने को ? संसद भंग गर्ने को हो ? कम्युनिष्टका एजेन्डा विपरित नीतिगत लुट चम्काउने को हो ? ओलीले सरकारी तहबाट गरेका निर्णय कहिल्यै पार्टीको ९ सदस्यीय सचिवालमा राखे ? त्यो सचिवालयमा वामदेव थिए । बन्दै पूर्णता नपाएको धरहरा उद्घाटन, मेलम्ची उद्घाटन जस्ता काम अहिलेसम्म अधुरा छन् । ओलीको शिलालेख मोहमा वामदेव के भन्छन् ? किन नेकपा बन्नु प¥यो ? बनेको नेकपाबाट देशले के पायो ? गरिबका कति छोराछोरीले निःशुल्क शिक्षा पाए, कतिले रोजगारी पाए, घर नभएका घडेरी नभएका कतिले पाए सरकार नेकपाबाट न्याय वामदेवसँग रिपोर्ट होलानि ? जसले चुनावमा वामपन्थी एक हुनुपर्छ भन्दैछन् ।
वामदेवले भनुन् नेपाली काँग्रेसको वर्तमान लुटेरा समूह र हिजो केपी ओलीको लुटेरा समूहबीचमा के अन्तर छ ? किसानको पीडा, मजदूरको पीडा दैनिक श्रम गरेर बाँच्नेको पीडाप्रति नेकपाले यो काम गरेको थियो अहिलेको देउवा सरकारले खोस्यो भन्ने केही छ ? कसले दिएको बसपार्क ५० वर्षका लागि ल्होत्से बहुउद्देश्यीय कम्पनीको नाममा रघुवीर महासेठ र उपेन्द्र महतोलाई ? त्यहाँबाट काठमाडौं महागनरले कति राजश्व पायो, वामदेवले कति शेयर लिए ? गल्ती आफैं गर्ने कम्युनिष्ट सिद्धान्त र चरित्रमाथि प्रहार गर्न सुन तस्करी चम्काउने अनि आदर्शवादी बन्ने ? वामदेवलाई यो कति सुहाउँछ ? एकता जरुरी छ तर त्यो एकता ओलीलाई राजा मानेर उनका छौडा र ढेडूहरूको नीतिगत लुटलाई कानुन सम्बत बनाउने गरी होइन । त्यहाँ सिद्धान्त, विचारसँग कार्यक्रम अनुसारको एकता मात्रै कामयावी हुनसक्छ सिद्धान्त र विचार विनाको एकताको हालत विगतले प्रष्ट पारिदिएको छ ।