Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी फुटको गतिविधि अध्यक्ष केपी शर्मा ओलीले सुरु गरेको हुनाले उनी कारबाहीको भागी हुने बताएको छ । नेपाल समूहले गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाको अघिल्लो दिन आयोजित पत्रकार सम्मेलनमा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले अध्यक्ष ओलीले नै विधान विपरीत गुटको भेला गरेको र विभिन्न निर्णय गरेको भन्दै उनी नै कारबाहीको भागी हुनुपर्ने बताए । अदालतले एमालेलाई ब्युँताइदियो, ब्युँतिएको एमाले पूर्ववत रुपमा जहाँबाट ब्युँतियो त्यहीँबाट आरम्भ गर्नुपर्ने हो, त्यसभन्दा अन्य गतिविधि गर्नु पार्टीको विधान विपरीत काम कारबाही हो’ उनले भने त्यो स्वयं नै कामकारबाहीहरु कारबाही योग्य छ । जब आफैं गलत आधारमा खडा भएको अध्यक्षले अरुलाई कारबाही गर्छु भन्न सुहाउने कुरा भएन ।’ मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित चियापान कार्यक्रममा ओलीले पार्टीमा अचाक्ली भाँडभैलो गरेको भन्दै सह्य नहुने बताएका थिए । तर माधव नेपाल समूहका नेता पाण्डेले विधान विपरीत काम गर्ने अध्यक्षचाहिँ कारबाहीको भागीदार हुन्छ कि हुँदैन भनी प्रश्न गरे । ‘पार्टी विधान विपरीत काम गर्ने अध्यक्ष पनि कारबाहीको भागी हुने हो कि होइन अध्यक्षचाहिँ त्यसबाट मुक्त हुन्छ, अरु कारबाहीको भागी हुन्छन् भन्ने हुँदैन ।
२०८२ चैत्र ३
ताजा नेपाल
२०८२ चैत्र ३
ताजा नेपाल
२०८२ चैत्र ३
ताजा नेपाल