Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सत्तारुढ दल नेकपा एमलोको विवाद उत्कर्षमा पुगेको छ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई दम्भी र हठी भन्दै एकता बचाउन कठिन भएको बताएका छन् । उनले ओलीसँग जति भेटघाट गरेपनि सकारात्मक हुन नसकेको बताए । जनकपुरधामस्थित मिथिला भवनमा शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै नेपालले अेलीमाथि पार्टी र लोकतन्त्र नै संकटमा पारेको आरोप लगाए । ओली आफ्नो दम्भबाट पछाडि हट्न चाहेनन्, नेपालले भने, बालुवाटारको बालुवामा तेल छैन जति पेले पनि तेल निस्किने अवस्था छैन । आफूले पार्टीलाई एकतावद्ध बनाएर अगाडि बढाउन निरन्तर प्रयास गरेपनि ओलीले नचाहेको नेपालले आरोप लगाए । उनले ओलीमा भड्काउ चिन्तन भएको टिप्पणी गरे । अल्पतमा परेपछि ओलीले बाटो हिड्ने बटुवालाई केन्द्रीय सदस्य बनाएको नेपालको आरोप थियो । नेपालले पार्टी एकताका लागि ओलीले यसअघि लिएको निर्णय फिर्ता लिनुपर्नेमा जोड दिए । ओली हठी भएकाले नै डिनर छाडेर बामदेव गौतम हिंडेको सुनाए ।
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल