Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओलीको नर्कमा प्रचण्डको डुबुल्की

हिजो स्वर्ग र नर्क सँगै जाने विश्वास दिलाएर रातारात काँग्रसलाई काँध हालेका महाजनलाई वामपन्थी एकता चाहिएको छ । त्यो बेला ओलीको कपटपूर्ण प्रवृत्तिको शिकार भएका अर्का महाराजलाई भने आफ्नो खुस्केको धरातलबाट राहत खोज्न ओलीको नर्कमा एमालेसँगै मिल्नु परेको छ । मुलुकमा समाजवादी रूपान्तरणको एजेन्डा फलाक्ने तर कार्यान्वयनका लागि खट्ने बेलामा फेरि एमालेभित्रै अस्वीकृत ओलीसँग वाम एकताको हात पसार्दै जुर्मुराउने प्रवृत्ति नै घातक छ । आज जनताले बारम्बार कम्युनिष्टहरूलाई सघाएको फल धमाधम फल्दै झर्दैछ । विष्णु पौडेल कुहिएको फर्सी भए । उनले आफ्नो औकात देखाएकै हुन् विचौलिया, ठेकेदार, माफिया नजोडिएका कम्युनिष्ट भएनन् । केही नलागे आफ्नै नाममा सर्प फर्म खोल्न लगाएर राज्यको ढुकुटी खर्च गर्ने झलनाथ जस्ता निष्ठा र त्यागका धरोहर यही भए । ठाउँ नपाएर मोहन विक्रम सिंह, मोहन वैद्यको नाक जोगिएको हो तर मोहन विक्रमले कान्छी पत्नी दुर्गा पौडेललाई मन्त्री बनाउने प्रयास पनि ओलीसँग गरेका थिए । पछिल्लो पटक सरकारको सिफारिशमा राष्ट्रपतिले मनोनित गर्ने ठाउँमा दुर्गाका लागि प्रयास पनि गरेकै हुन् । उनले पार्टीमा अरु फेला पारेनन् श्रीमती बाहेक । कम्युनिष्टहरू सत्ता, स्वार्थ र पदका लागि कति लालायित हुन्छन् भन्ने उदाहरण यी हुन् । केपी ओली जस्तो कपटी र पूर्वाग्रही नेता देशमा अरु छैनन् । ओलीले पत्रकार किशोर श्रेष्ठलाई गरेको अपमान, दिएको दुःख कति छ कति ? सरकारले पदीय आधारमा दिनै पर्ने प्रेस काउन्सिलको अध्यक्षले पाउने पासपोर्ट समेत खोसेकै थिए । पार्टीको अध्यक्ष देशको प्रमले गर्ने व्यवहार यो होइन । प्रेस काउन्सिलको अध्यक्षको नाताले पाउने सरकारको सिफारिशमा राष्ट्रपतिले दिलाउने पदक तथा विभूषण समेत खोस्ने केपी ओली जस्ताले चलाएको त्यो पार्टीमा आज उनी असफल भए जहाँ ३५ प्रतिशत मान्छे कतै न कतै जासुसी सञ्चालमा जोडिएका छन् भने तिनले देशको कम्युनिष्ट पार्टी र आन्दोलनलाई स्वार्थमा प्रयोग गर्नु नौलो होइन । त्यही पिडा धेरैले सहेका छन् । दुवै मृगौला फेरिएको छ तर दुष्ट्याइँ उस्तै छ । पाए र मिलेसम्म आफू राजकीय पदमा रहेर अरुलाई कजाउने सबै छन् ।

निष्ठा र त्याग वैद्यमा पनि थिएन
संविधानसभाबाट संविधान जारी गर्न नदिन पार्टी फुटाएका हुन् । उनलाई युरोपेली युनियनले राम्रै प्रयोग गरेको हो । रामबहादुर थापा, देव गुरुङ, सुरेश आले मगर, पम्फा भुसाल, चन्द्रप्रकाश गजुरेल जस्ता विद्वान, विदूषीहरू त्यहाँ प्रयोग भएकै हुन् । आज यी पात्रहरूले जसो भने पनि चरित्र उदांगो भएकै हो । देव गुरुङ, सीपी गजुरेललाई अर्थ र परराष्ट्र मन्त्री नदिए बापत वैद्य गुटबाट नेकपा माओवादी विभाजन गरिएको कुरा पनि भुल्न हुँदैन । रामबहादुर थापाहरूबाट कही कतै कुनै पनि पार्टी चल्दैन र बन्दैन । पैसाका लागि थापाको परिवारले के गर्दो रहेछ भन्ने त नक्कली भुटानी शरणार्थी प्रकरण नै काफी छ । छोराको पौरखबाट जोगिन थापा एमालेको ओली पथमा जोडिएको कुरा छर्लङ्ग छ । नेपालका कम्युनष्टिमध्ये नारायणमान विजुक्छे बाहेक कोही पनि निष्ठा, त्याग र समर्पणवादी छैनन् भन्दा हुन्छ । रोहितले आफ्नो शहरभित्रको शासन जनमुखी बनाएका छन् । आज स्वर्ग र नर्क सँगै जाने जादू र केपी ओलीले आफ्नै चरित्रले पार्टी सत्यनाश हुँदा फेरि वामपन्थी एकताको रोइलो गाउँदै छन् । जहिले पनि धोका खाँदै आएका प्रचण्डलाई ओलीका मधुर वाणीले ग्रसित बनाउँदैछ । एक पटक सत्तामा पुगेपछि शुद्धता र निष्कलंक बनेका कम्युनिष्ट नेता छैनन् । औलामा गन्न सकिएला तर पार्टीको निश्चित उद्देश्य र विचारले जागरुक स्वच्छ अनुहार थोरै छन् । त्यही कारण यिनलाई जनता झुक्याउने वापमन्थी एकता जरुरी भएको हो ।

नर्कको पोखरीमा हुँदैन स्वर्ग
एक्ला एक्लै जनताकाबीचमा जान नसकेर नै एमाले, माओवादीबीचमा कार्यगत एकताका कुरा आएका होइनन् । तर एमाले मै अपच भएको अ‍ोली पथबाट अबको वाम एकता सम्भव छैन । त्यहाँ ओलीभक्त युवा पुस्ता छाडा छ । बहुपत्नी धारी पार्टीले महिलामाथिको शोषण मुक्त गर्दैन । पद पाउन र पाएको पद जोगाउन ओलीवादी बनेका महिलाले कर्ण मल्ल, ऐन महर, महेश बस्नेत, शेरधन राई, कृपासुर शेर्पाबाट पीडित बनाइएका महिलाका बारेमा एक शब्द बोलेनन् । यस्ता छाडा, यति निर्घिणी व्यवहार त्यहाँ छ जहाँ स्वर्गको कुरै छैन, नर्क बाहेक । त्यही पोखरीमा प्रचण्डलाई डुबुल्की मार्ने रहर जागेको छ । कुनै सैद्धान्तिक मतभेद छैन भने उग्रवादको अगुल्टोमा राखिएको नेत्रविक्रम चन्दसँग एकता गरेर हुन्छ । तर खड्ग विक जस्ता दलीतका महाजनहरूबाट जोगिएर । व्यक्ति जोडेर २९ समूहको नेकपाले जनतामा प्रभाव कति पारेछ, त्यो पनि छर्लङ्ग भयो । कम्युनष्टिहरूको आचरण र सिद्धान्तले धान्ने त्यही हो । यी गतिला भएका भए रास्वपा यति ठूलो हुँदैनथ्यो । पूर्वमा हर्क साम्पाङ, पश्चिममा रेशम चौधरी, मधेशमा जनमत पार्टी जन्मँदैनथ्यो । मुलुकमा ६४ प्रतिशत जनमत वामपन्थीको हुँदा त्यसको अपमान गर्ने केपी ओलीको राज्य लुटकै कारण एमाले समाप्त भएको हो । कम्युनिष्ट ध्वस्त भएका हुन् । संस्थागत भ्रष्टाचारले सबै ग्रस्त छन् । माओवादी सक्ने मोहन वैद्य अब थन्केका छन् । कम्युनिष्ट पार्टीबाट राजनीति उचाई लिने र धारे हात लगाउने विद्वान डा. बाबुराम भट्टराईको ताल छर्लङ्गै छ । यस्ताका सल्लाहले रास्वपाले अपनाउने बाटो कस्तो होला ?

आँट एक पटक गर
एक पटक नेकपाले आँट गरे हुन्छ । प्रचण्ड, नारायणकाजी, वामदेव गौतम, वर्षमान पुन, राजेन्द्र पाण्डे, विरोध खतिवडा, लिलामणि पौडेल, गिरिराजमणि पोखरेलहरूको एउटा समूह पम्फा भुसाल, ओनसरी घर्ती, शशी श्रेष्ठ, रेखा शर्माहरूको अर्को समूह खडा गरेर देश दौडाहा गरौ त निष्ठा, त्याग र समर्पण गरौं न । विद्यार्थी र युवाहरूको पनि त्यस्तै छानिएको टिम बनाएर जिम्मेवारी दिने हो भने संगठन बनाउन सकिन्छ । पद प्राप्ति पहिलो लक्ष्य हुनु हुँदैन । चुनाव आयो त्यसैलाई कमाईको भाँडो बनाउने दीनानाथ शर्माहरूलाई बोक्नै पर्दैन । मधेशमा अहिलेकै शक्ति इमान्दारपूर्वक परिचालित हुँदा काम हुन्छ । तर तिनले पदीय ईष्या र डाहा त्याग्नुपर्छ । जो जहाँको छ संगठक त्यही बन्नुपर्छ । काठमाडौंको नेतृत्व हिमाल शर्माहरूले गरेर हुँदैन । माओवादी सत्यनास भएको कारण पनि त्यही हो ।


सम्बन्धित समाचार