Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। नयाँ राजनीतिक समीकरण बनाउन संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सत्ता संचालनका लागि गठबन्धन गर्ने सहमति भएको हो। सोमबार अध्यक्ष अोली र कांग्रेस सभापति शेर बहादुर देउवाले आलोपालो सरकार चलाउने गरि सहमति भएको बताइएको छ। सहमति अनुसार ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने र डेढ वर्षपछि देउवा प्रधानमन्त्री बन्नेछन्। ओली नेतृत्वको सरकारमा एमालेले अर्थ मन्त्रालय ९ र कांग्रेसले गृहसहित १० मन्त्रालय लिने र बाँकी मन्त्रालय अन्य दलका लागि राखिने बताईएको छ। त्यस्तै दुई दलबीच विद्यमान निर्वाचन प्रणालीमा सुधारका लागि संविधान संशोधन गर्ने सहमति समेत भएको छ। त्यसका लागि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा संविधान संशोधन सुझाव समिति बनाउने सहमति भएको हो।
२०८२ चैत्र २
ताजा नेपाल
२०८२ चैत्र २
ताजा नेपाल
२०८२ चैत्र २
ताजा नेपाल