Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओलीको पछि लाग्दा पाहा पछारिएझैं पछारिए महन्थ

काठमाडौं । राजनीतिमा सकुनी चाल चाल्न सफल केपी शर्मा ओलीको जालमा परेर १९ दिने सत्तामा पुगेका जसपाको राजेन्द्र महतो, उपेन्द्र ठाकुर पक्ष पाहा पछारिएझैं पछारिएको छ । प्रधानमन्त्री बन्ने अफर आउँदा समेत महन्त ठाकुरले केपी ओलीको साथ छोड्न नसक्दाको परिणाम अहिले उनले नराम्रोसँग भोग्नु परेको छ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बन्ने अवसर आएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट हटाउन नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह लाग्दा ठाकुर फरक धारमा गए । उनी ओलीको समर्थन गर्न पुगे । ओलीविरुद्ध गठबन्धन बन्दै गर्दा महन्थ ठाकुर प्रधानमन्त्री बन्ने चर्चा पनि चल्यो । गठबन्धनभित्र ठाकुरलाई प्रधानमन्त्री बनाउने सम्मको प्रस्ताव गयो । तर, उनले प्रधानमन्त्री बन्नेमा चाहना देखाएनन् या बनाउँदैनन् भन्ने ठानेर ओलीकै समर्थक बनिरहे । ओली नेतृत्वको सरकारमा महन्थ ठाकुर पक्षका ११ जना मन्त्री समेत भए । तर, उनीहरु ३ हप्ता पनि सरकारमा टिक्न सकेनन् । घटनाक्रम यसरी विकास भयो कि प्रतिनिधि सभा विघटनको ओलीको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गर्दै बहुमत सांसदको समर्थन दाबी गरेका शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्यो । ओली सरकार ढल्यो । ठाकुर पनि कमजोर भए । जसपाभित्र ठाकुरलाई सांसद र कार्यकारिणी समितिका सदस्यले छाड्दै गए । जसपा विवादमा हेड काउन्ट गर्दा ११ साउनमा ठाकुरको पक्षमा १६ मा देखिए । उपेन्द्र यादव पक्षमा ३४ देखिएपछि आधिकारिकता उनकै पक्षमा गयो । अब ठाकुर जसपाको आधिकारिकता गुमाउन पुगेका छन् । उनले कि त उपेन्द्र यादव पक्षको निर्णय मान्नुपर्छ कि त पार्टी फुटाएर जानुपर्छ । पार्टी फुटाएर जाँदा सांसद पद नै गुम्न सक्छ । यसले जसपामा पकड बनाएका ठाकुर अहिले जसपा पार्टी नै गुमाउन पुगेका छन् ।


सम्बन्धित समाचार