Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओलीको प्रस्ताव बालेनले गरे अस्वीकार

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक बहसका लागि राखेको प्रस्तावलाई राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन शाहले अस्वीकार गरेका छन्। ओलीको प्रस्ताव सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा टिप्पणी गर्दै बालेनले ओलीसँग एउटै मञ्चमा नउभिने घोषणा गरेका हुन्। अध्यक्ष ओलीले बिहीबार फेसबुकमार्फत आफू नीतिगत बहसमा आउन तयार रहेको बताएका थिए। त्यसको जवाफमा बालेनले कडा टिप्पणी गर्दै आफूलाई आतङ्कवादी कहिले स्वीकार्ने भन्दै प्रश्न गरेका छन्। आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठिकै छ, हुन पनि नेताहरूको घर कता कता छन् तपाईंहरूलाई नै थाहा थियो, बालेनले लेखेका छन्, तपाईंहरूले आफैँ २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गते जलाएको हो। आफूलाई आतङ्कवादी चाहिँ कहिले स्वीकार्ने हो ? बालेनले ७६ जना बालबालिकाको हत्या गर्ने र त्यसको मतियार बन्नेसँग एउटै मञ्चमा उभिँदा आफू पनि त्यसमा सामेल भएको ठहरिने उल्लेख गरेका छन्। उनले अगाडि लेखेका छन्, ७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ। त्यो पछि अरू कुरा गरौँला। पछिल्लो समय सामाजिक सञ्जालमार्फत नीतिगत बहसको रस्साकस्सी चलिरहेका बेला मेयर बालेनले जेनजी आन्दोलनको द्वन्द्वको प्रसङ्ग उप्काउँदै ओलीसँगको संवादलाई अस्वीकार गरेका हुन्।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल