Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा रहेका दलका नेताहरुले जनयुद्धको अवमूल्यन गर्न खोजेकाले भण्डाफोर गर्नुपर्ने बताएका छन्। बिहीबार माओवादी पार्टी कार्यालय पेरिसडाडामा आयोजित सहीद शेरमान कुँवर र मोहनचन्द्र गौतमको २० औं स्मृति दिवसमा प्रचण्डले जनयुद्ध वा सशस्त्र द्वन्द्वलाई संविधानले नै स्वीकार गरेको अवस्थामा सरकारमा रहेका दलका नेताहरुले हिंसा गर्ने दुष्साहस गरेको भन्दै जनतामा गएर भण्डाफोर गर्नुपर्ने बताएका हुन्। सहिदकै बलिदानका कारण प्राप्त राजनीतिक उपलब्धि उपभोग गरेर बलिदानीपूर्ण संघर्षमाथि नै धावा बोल्ने छुट कसैलाई नभएको उनले बताए। प्रधानमन्त्रीमै बसेका नेताले आफूले गरेको ठगी, बेइमानी र जालजेझलाई ‘प्रचण्डलाई राउण्ड किक हानेको’ भनेर पनि बोलेको आफूले सुनेको उल्लेख गर्दै उनले अब जनताको राउण्ड किक उनीहरुले देख्ने चेतावनी दिए। जनयुद्धका महान सहिदलाई सम्मान गर्ने सवालमा पार्टीले निरन्तर काम गरिरहेको पनि अध्यक्ष प्रचण्डले दाबी गरे। शान्ति प्रक्रिया नटुंगिएको भनेर अदालतबाट जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस बनाउनबाट रोकिएको प्रसंग उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब टिआरसी विधेयक पारित भएपछि जनयुद्धलाई राष्ट्रिय दिवसको रुपमा स्थापित गर्न रोक्न नहुने र र अदालतले पनि पुनर्विचार गर्ने विश्वास व्यक्त गरे। आफूले गरेका राम्रा कामको अपनत्व र स्वामित्व लिन आग्रह गर्दै उनले सरकारबाट बाहिरिएसँगै संगठन बनाउने र कमजोरी सच्याउने अवसर प्राप्त भएको पनि बताए। परिवर्तनका विरुद्ध गर्न खोजिएको ज्यादति र अपमानविरुद्ध संघर्ष गर्न पनि उनले कार्यकर्तालाई निर्देशन दिए। पार्टीले सबै सहिदको एकैसाथ सम्झना गर्न जनयुद्धकालदेखि नै हरेक वर्ष फागुन १४ देखि २१ गतेसम्म सहिद सप्ताह मनाउने गरेको भए पनि शान्ति प्रक्रियापछि सहिदका फरक फरक स्मृति दिवस र प्रतिष्ठान बनाउने क्रम चलेकाले यसमा सच्याएर जाने उनले स्पष्ट गरे। अध्यक्ष प्रचण्डले अहिले आफूहरु पार्टी पुनर्निर्माणको प्रक्रियामा भएकाले आगामी केन्द्रीय समिति बैठबाट सहिदको स्मृति दिवसबारे एकरुपता कायम गर्ने गरी नीगितरुपमा व्यवस्था गरिने जानकारी दिए ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल