Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओलीको राजीनामा एकताको शर्त

काठमाडौँ । दुई तिहाई बहुमतको कम्युनिष्ट सरकार जुृँगाको लडाइँले रसातलमा पुगेको छ । मुलुककै ठूलो कम्युनिष्ट पार्टी नेकपा एमालेभित्रको विवाद अझै समाधानतर्फ अघि बढेको छैन । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच दुरी घट्ला भन्दा झन् झन् बढ्दो अवस्थामा रहेको छ । विवाद समाधान कार्यदलले तयार पारेको १० बुँदे सहमति प्रस्तावलाई अस्वीकार गरेको एमालेको असन्तुष्ट समूहले एकताका लागि पार्टी अध्यक्षबाट केपी शर्मा ओलीको राजीनामा आउनुपर्ने नयाँ सर्त अघि सारेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका एमालेका २२ सांसदले ओलीले अध्यक्ष पदबाट राजीनामा दिएर एकताको प्रक्रिया सुरु गर्न आग्रह गरेका छन् । वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने सांसदसँग मंगलबार छलफल गरेका थिए । उक्त छलफलमा ओलीले अध्यक्ष पद छाडेमात्रै पार्टी एकता प्रक्रिया अगाडि बढ्ने धारणा सांसदहरुले राखेका हुन् । यसअघि नेपाल समूहले एकताका लागि ओलीले प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पद छाड्नुपर्ने सर्त राख्दै आएको थियो । असार २८ मा सर्वोच्च अदालतले प्रतिनिसधसभा पुनःस्थापना र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएसँगै ओली पदमुक्त भएका थिए । ओलीले प्रधानमन्त्री पद गुमाएसँगै एमालेको नेपाल समूहले एकताका लागि पार्टी अध्यक्ष छाड्नुपर्ने सर्त सारेको हो । बैठकमा नेपालले भने ओलीका गतिविधि हेरेर सामूहिक रुपमा आवश्यक निर्णय लिइने बताएका थिए । देउवालाई विश्वासको मत दिएपछि आफूहरुको भूमिका के हुने भन्नेबारे पनि सामान्य छलफल भएको झाँक्रीले बताइन् । अर्का सांसद विरोध खतिवडाले अझै केही सांसद र केन्द्रीय सदस्यलाई आफ्नो समूहमा गोलबद्ध गरेर पार्टी संगठनमा बलियो उपस्थिति जनाउने विषयमा छलफल भएको बताए ।
उनका अनुसार बुधबारदेखि नेपाल समूहको आगामी कदमबारे निर्णायक छलफल हुने भएको छ । सोहीअनुसार बुधबार नेता नेपालले स्थायी कमिटीका सदस्यहरुसँग र बिहीबार केन्द्रीय कमिटीका सदस्यहरुसँग छलफल गर्ने खतिवडाले बताए । सोमबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले पार्टी निर्णयविपरीत देउवालाई विश्वासको मत दिने २२ सांसदलाई २४ घण्टाभित्र स्पष्टीकरण माग्ने निर्णय गरेको थियो ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल