Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओलीपथभित्र दम्बको खेती

चुनाव दलका लागि हुने हो । तर काँग्रेस र एमालेले अहिलेको जेनजी परिवर्तन स्वीकार गर्न सकेनन् । जसले आफ्ना असफलता देख्दैन उसले परिवर्तन स्वीकार्दैन । केपी ओली यो मुलुकको असफल र असक्षम नेताका रुपमा परिचित छन् । उनले राजनीति गर्छन् कि डनवादको संरक्षण गर्छन् त्यो छर्लङ्ग छ । एमालेका कस्ता नेता कस्ता कार्यकर्ता छन् त्यहाँ सामूहिकता छ कि दादागिरी छ त्यो छर्लङ्ग भएकै छ । आज देशमा राजनीतिक उथलपुथल ल्याउने काम तिनैले गरेका हुन् जो सरकारमा दुई तिहाईको दम्ब देखाउँथे । ओली सरकारले देखाएको दम्बलाई दलीय रुपमा प्रतिवाद भएकै हो । तर राजनीतिमा असहष्णिुताको धरोहर जसरी जाग्यो त्यसले उथलपुथल बनायो । तैपनि तत्कालिन शासकहरूमा गल्ती स्वीकार्ने आँट भएन । निर्वाचनका लागि दलीय आवद्धता जरुरी हुन्छ । आज देशमा दल बाहिरका शासक छन् । तीनको जिम्मा आन्दोलनको क्रममा भएको धनजनको क्षतिको अनुसन्धान र कारबाहीसँगै सुशासन दिने हो । कानुन सबैलाई बराबरी हुन्छ । काँग्रेस एमालेको हकमा कानुन निम्छरो भयो । विरोधीलाई लाग्ने कानुन तीनका नेता कार्यकर्तालाई लागेन । यो सत्य सबैले देख्दा देख्दै पनि केपी ओली र शेरबहादुर देउवा संसद पुनस्र्थापना गर्दै आफ्नो हैकम चलाउन किन अग्रसर भए ? उनीहरूमा अहंमता कायम छ ।
खाइपाई आएको सत्ता खोसिनुको कारण जनहित विपरितका कर्मकाण्ड हुन् । सरकारले कानुन अनुसार काम गर्नुपर्छ । जनताको दैनिकीसँग त्यसको सम्बन्ध जोडिन्छ । केपी ओलीको मुखको कानुनले उनका सुन्ड मुसुन्डलाई छोएको छैन । उनको अहंकार आज दलभित्र अपच भयो । त्यही कारण त्यहाँ ओलीको विकल्प खोजियो । सरकारलाई साथ दिने दलहरूले हो । दलीय सहयोग विना कुनै काम हुँदैन । निर्वाचनको संवाद राष्ट्रपतिले मिलाउनु पर्ने अवस्था किन आयो ? यहाँ ओलीकै दम्ब कारक छ । देउवा ओलीको ढोक्सामा परको असक्षम नेता हुन् । उनलाई कुनै चासो छैन ।
पार्टीको मतलब यिनलाइ छैन । सभापति दुई पटक भए पार्टी सुध्रिएन सरकारमा ५ पटक प्रम भए देश सुध्रिएन व्यवस्था फेरियो अवस्था उस्तै छ । त्यही अवस्था नफेर्दा जेनजी विद्रोह भएको हो । जेनजी सरकारकै वैधानिकतामाथि प्रश्न उठाएर पुनः पुरानै गतिमा जाने दलको प्रवृत्ति आज सुध्रिन्छ कि सुध्रिदैन भन्ने विषयसँग निर्वाचनका कुरा जोडिन्छन् । राष्ट्रपतिकै पहलमा उनको अधिकार खोजेर भाद्र २५–२६ र २७ मा जुन वार्ता र निश्कर्ष आयो त्यसलाई असंवैधानिक करार गर्ने ओली पथको अहंकार निर्वाचन भाँड्नमै केन्द्रीत छ । यहाँ सबै शक्ति एक नभएसम्म ओली प्रवृत्तिहरू तह लाग्ने अवस्था छैन ।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल